एसियाली विकास बैंकले यो वर्ष नेपालको अर्थतन्त्रको आकार ५.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। गएको वर्षको वास्तविक र यो वर्षको प्रारम्भिक प्रक्षेपण गर्दै बैंकले गत वर्षभन्दा यो वर्ष बृद्धिदर घट्ने प्रक्षेपन छ।
गएको ५.९ प्रतिशतले बढेको अर्थतन्त्रको बृद्धिदर ओरालो लाग्ने प्रक्षेपण गरेको बैंकले विजुली र राजनीतिक स्थिरतासँगै उद्योग र सेवा क्षेत्रमा सकारात्मक प्रभावले अर्थंतन्त्र बलियो हुँदै जाने विश्वास गरेको छ।
गएको वर्षकोभन्दा बृद्धिदर घटेर ५.५ प्रतिशतमा सिमित रहेपनि उक्त विन्दुको बृद्धि विगत १० वर्ष (आव सन् २००९–२०१८) को वार्षिक औसत ४.३ प्रतिशतभन्दा उल्लेख्य रुपमा बढी हुने बैंकले जानकारी दिएको छ। हो ।
राजनीतिक स्थिरता, राम्रो मनसुन र ठुला आयोजनाहरुको तीब्र कार्यान्वयनका लागि प्रयासहरूले प्रक्षेपित बृद्धि हात पर्ने बैंकको विश्वास रहेको छ।