अरनिको यातायातको टिकट आजबाट खुलेको छ ।
चाबहिल, कोटेश्वर र पुरानो बसपार्क गरी ३ ठाउँबाट रामेछाप , दोलखा , ओखलढुङ्गा, चरिकोट र मन्थलीलगायतका जिल्ला जान टिकट खुलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन्।
पुरानो बसपार्कको अरनिको भिमेश्वर कम्पनीको टिकट काउन्टरमा बिहान ५ बजे देखि नै टिकट लिनेको लाइन लागेको काउन्टरका कर्मचारी निर्मल गिरीले जानकारी दिए।
‘बिहान ५ बजे देखि नै टिकट लिनेको भिड छ,’ उनले भने, ‘करिब ७ बजे देखि हामीले टिकट दिन सुरू ग¥यौँ।’
सबैभन्दा बढी रामेछाप र दोलखाको टिकट लिनेको भिड रहेको उनले बताए।