दसैँका लागि अग्रिम टिकट लिन भोलि बिहान ७ बजे देखि नै काउन्टर खुल्ने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचि सरोज सिटौलाले भोलि बिहान ७ बजे देखि खुल्ने जानकारी दिए।
महासङ्घले आजबाट दसैँको अग्रिम टिकट खोलेपछि काठमाडौँको नयाँ बसपार्कमा मध्यरातदेखि नै घुइँचो लागेको छ।
आज बिहान साढे ९ बजे देखि मात्रै टिकट काउन्टर खुलेको थियो।
हिजो सम्म बसपार्कमा टिकट खुल्यो कि भनेर आउँदै जाँदै गरेका सर्वसाधारण आज खुसीका साथ टिकट काटेर फर्किएका छन्।
नयाँ बसपार्क यातायात समितिका कर्मचारी अर्जुन ढुङ्गेलले टिकट लिन महिला र पुरूषको छुट्टा छुट्टै लाइन राखेर व्यवस्थित गरिएको बताए।
उनका अनुसार जेष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त भएका व्यक्तिले लाइन बस्न नपर्ने व्यवस्था गरिएको छ।