यातायात मजदुरहरूको अन्दोलनको कारण पेट्रोल पम्पमा बढेको लाइन आजसम्म हट्न सकेको छैन। राजधानीका पम्पहरूमा आइतबार पनि बिहान भिड देखिएको छ।
तेल अभाव हुने डरले सबैजना एकैपटक लाइन बसेका कारण पेट्रोल पम्पमा भिड देखिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
‘निगमसँग तेल प्रशस्तै छ, लाइन बस्नै पर्दैन’ उनले भने ‘चालकको आन्दोलनको कारण बन्द भयो, यो त्यसैको परिणाम मात्र हो।’
उपभोक्ताको सहजतालाई हेर्दै आज आइतबार भारतमा बिदा भए पनि तेल लोड गराइएको उनले जानकारी दिए।
‘पहिले–पहिलेको बन्दहरूमा १०–१५ दिनसम्म लाइन रहन्थ्यो भने त्यो हिसाबमा अहिले निकै कम छ। त्यही लाइन पनि भोलिबाट पुरै हट्छ’ उनले दाबी गरे।