इन्धन बोक्ने ट्याङ्कर चालकले काम ठप्प पारेपछि सरकारले सुरक्षा निकायका चालकलाई खटाउने तयारी गरेको छ।
इन्धनको समस्या नहोस् भन्ने उद्देश्यले सेना तथा प्रहरी चालकहरुलाई इन्धन बोक्न परिचालन गर्न खोजिएको र केही उपलव्ध चालक गइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
‘तत्काल कुनै अभाव नहोस् भन्न सुरक्षाकर्मी चालक खटाइन लागेको हो’ उनले भने।
चालकहरुलाइ अमलेखगंज पठाइएकाे जानकारी दिए।
यद्यपी आन्दोलनमा उत्रिएका चालकहरुसँग पनि सरकारले वार्ता गरिरहेको उनले जानकारी दिए। वार्ता निश्कर्षमा नपुगुन्जेलसम्म सुरक्षाकर्मी चालकहरुमार्फत नै तेल ढुवानी गर्ने मन्त्रालयले जनाएको छ। ‘चालकहरुसँग पनि छलफल भइरहेको छ, केही सुरक्षा चालक इन्धन ढुवानीका लागि हिडिसक्नुभयो ढकालले भने।