पहिचान भएका तर लगानी जुट्न नसकेका ठुला आयोजनामा सरकारले अवको एक महिनाभित्र लगानी जुटाउने घोषण गरेको छ। अध्ययन सम्पन्न भएका तर लगानी कसले, कहाँबाट कति कसरी गर्ने भनेर अनिश्चित रहेका आयोजनाको बारेमा एक महिनाभित्र स्रोत जुटाइसक्ने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले पूर्व पश्चिम रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य केही ठुला जलविद्युत आयोजनामा लगानीको स्रोत शुनिश्चित गरिने बताए।
विदेशी लगानीकर्ता, दातृ निकायहरुसँग त्यस्ता आयोजनामा लागनीको बारेमा छलफल भइरहेको र छलफल सम्झौतातर्फ उन्मुख रहेको उनको भनाइ छ।
‘अहिले परिपक्क नभइ त के भन्नु तर अवको एक महिनाभित्र हामी सबै जानकारी दिन्छौं’ खतिवडाले भने।