डाबर नेपालका पुरुष लक्षित उत्पादन प्रोस्टाइल र ग्रुप अफ इभेन्ट एन्टरटेनर्सले प्रोस्टाइल म्यानहन्ट प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगितामा भागलिने युवा १८ देखि ३३ वर्षका ५ फिट १० इञ्च भन्दा बढी उचाई र कम्तिमा एसइई पास गरेको हुनुपर्नेे छ । प्रतियोगिताको ग्राण्ड फिनाले मङ्सिर २१ मा हुने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार आवेदनफारम खुला भइसकेको छ। फाराम फेसबुक पेज, जिइइको कार्यालय र इमेलमार्फत मङ्सिर ८ सम्ममा बुझाउनु सकिने छ।
विजेताले भियतनाममा हुने म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछ ।
दोश्रो र तेस्रो स्थान हासिल गर्ने विजेताले क्रमशः मिस्टर ग्लोबल २०१९ तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१९ मा भाग लिन पाउने छन्।
प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सम्पूर्ण नेपाली पुरूषका लागि खुला प्रतियोगिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा भाग लिन चाहने पुरूषले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।