गएको वर्ष वितेका १४ वर्षमा सबैभन्दा थोरै मूल्य बृद्धि कायम भएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार गएको वर्ष ४ दशमलब २ प्रतिशतको मूल्य बृद्धि कायम भएको छ। ७ प्रतिशतको मूल्य बृद्धि कायम राख्ने लक्ष्य लिइएको मा सो विन्दुमा कायम रहेको बैंकले जानकारी दिएको छ।
यो विन्दु आर्थिक वर्ष २०६०/०६१ पछिको सबैभन्दा कम हो। उक्त वर्ष ४ प्रतिशतको मूल्य बृद्धि कायम भएकोमा अघिल्लो वर्ष ४ दशमलब ५ प्रतिशत कायम भएको थियो।
आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण गएको वर्ष समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बैंकले जानकारी दिएको छ।