वस्तुको र सेवाको खरिद बिक्री गर्दा देश बाहिर जाने रकम र भित्रिने रकम बीचको खाडल बढ्दै गएको छ। चालु खाता भनिने यस्तो व्यापारीक समिकरणमा नेपालको खाता ऋणात्मक हुँदै गइरहेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब दुई खर्ब रुपैयाँले ऋणात्मकता बढेको छ।
केन्द्रिय बैंकले आज सार्वजनिक गरेको अघिल्लो वर्षको वित्तीय तथ्यांकअनुसार २०७४÷०७५ मा नेपालको चालु खाता २ अर्ब ४५ अर्बले घाटामा गएको छ। बैंकका अनुसार अघिल्लो वर्ष यस्तो घाटा १० अर्ब १३ करोड रुपैयाँ थियो।
वस्तु तथा सेवाको आयात गर्दा बाहिरिने रुपैयाँ र किन्दा भित्रिने रुपैयाँ बीचको यो खाडलले नेपालबाट बाहिरिने खर्च धेरै भएको देखिन्छ।
पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामाग्री लगायतको उच्च आयातका कारण चालू खाता उल्लेख्य घाटामा गएको राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार अघिल्लो वर्ष नेपालको शोधान्तर ९६ करोड रुपैयाँले बचतमा रहेको छ।
गएको वर्ष कुल वस्तु आयात २५.५ प्रतिशतले बढेर १२ खर्ब ४२ अर्ब ८३ करोड रुपैयाँ बराबर पुगेको छ। पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, हटरोल सिटईन क्वाईल लगायतका वस्तुको आयात उल्लेख्य बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, सेनिटरीवेयर्स, खाने तेल, सानो अलैँची, तामा, ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।
पर्यटकले खर्च गरे ६७ करोड डलर
काठमाडौं, भदौ ५
गएको वर्ष विदेशीले नेपालमा ६७ करोड अमेरिकी डलर खर्च गरेका छन्। राष्ट्र बैंकका अनुसार २०७४ को साउदेखि २०७५ को असार मसान्तसम्म विदेशीहरुले ६७ करोड