सुपर मादी हाइड्रोपावर लिमिटेडले कास्की जिल्लाको मादी गाउँपालिकामा बनाउन लागेको ४४ मेगावाट क्षमताको ‘सुपर मादी जलविद्युत परियोजनालाई ऋण जुटेको छ।
परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरु बीच सम्झौता भएको छ। सानिमा बैंकको अगुवाइमा, एनआईसी एसिया, नेपाल क्रेडिट एण्ड कमर्स, सनराइज, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य र प्रभु बैंकले अधिकतम पचहत्तर प्रतिशतसम्म लगानी गर्नेछन्।
उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक चौबीस करोड छप्पन्न लाख युनिट बिजुली उत्पादन गर्नेछ।