नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेलिप्याड बनाउने भएको छ।
आन्तरिक हेलिकप्टरको कारण एयर ट्राफिक भद्रगोल भएको भन्दै हेलिप्याड रिमोट एप्रोन बनाउने निर्णय गरेको प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए।
विमानस्थलको पूर्वतिर हेलिप्याड बनाउने र त्यतैतिर आउनेजाने बनाउने उनले जानकारी दिए।
उडान तालिका पुनर्विचारदेखि एटिसीको क्षमता अध्ययनसम्म गरेर ट्राफिक व्यवस्थापन गर्ने योजनामा रहेको प्राधिकरणले यो वर्षभित्रै आन्त्रिक एप्रोन र हेलिप्याड निर्माणका लागि टेन्डर गरिसक्ने बताएको छ।