प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्।
उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसँगको भेटमा प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य , उर्जा, कृषि लगायत क्षेत्रको सुधार गर्दै समग्र रूपमा मुलुकको आर्थिक अवस्था उकास्नमा सरकार लागिरहेको बताए।
स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शिर्षकमा लगाएको करका कारण व्यवसायीहरूमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए।
पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शिर्षकमा लगाएको करले आफूहरूलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन्।