नेपालको प्रमुख दातृ निकाय विश्व बैंकको मुख्यालयमा नेपालका विकास आवस्यकता, सरकारले लिएको नीति तथा लगानीकर्ताको उत्सुकता सम्बोधन गर्न ‘नेपाल डे’ सेसन आयोजना भएको छ। बुधबार विश्व बैंक र अमेरिकाका लागि नेपाली राजदुतावासले सयुक्तरुपमा आयोजित उक्त कार्यक्रमा अर्थमन्त्री डा युवराज खतिवडाले सम्बोधन गर्दै नेपाल लगानीका लागि उर्वर भुमी भएको बताए।
विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, वहुपक्षीय लगानी प्रत्याभूती सस्थाका उपाध्यक्षहरू, विश्व बैंकका नेपाल हेर्ने कार्यकारी निर्देशक लगायत नेपालका अन्य विकास साझेदारहरूको उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै खतिवडाले जनताका अधिकारहरूलाइ सुनिश्चित गर्न सरकार प्रतिबद्द रहेको वताए।
खतिवडाले नेपालमा संघीयता कार्यान्वयन र पुर्वाधार विकासका लागि विश्व बैंक लगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता रहेको बताए।
‘नेपालमा अहिले विकास र संमृद्धिको लागि उत्साहजनक वातावरण रहेकोले सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र,सामुदायिक संस्थाहरू, गैर सरकारी संध संस्था तथा विकास साझेदारहरु मिलेरमात्र अगाडि बढ्न सकिन्छ’ उनले भने,‘संघीयताको कार्यान्वयन गर्न थप श्रोतको आवश्यकता रहेको र प्रदेश, स्थानीय तहमा सविधान प्रदत्त अधिकार उपयोग गर्न सक्षम वनाउन क्षमता अभिवृद्घी आवस्यक रहेको छ।’
नेपालको समिष्टगत आर्थिक सूचकाँकहरू अनुकुल रहेको, लगानीको वातावरणमा सुधार भएको, करका प्रावधानहरू प्रतिस्पर्धी रहेको, युवाहरूको जनसंख्याको बाहुल्यता रहेको, थप पूर्वाधार निर्माणमा सरकार प्रतिबध्द रहेकोले निजी क्षेत्रले लगानी गर्न उपयुक्त वातावरण वनेको बताए।
नेपालमा लाभदायक क्षेत्रको कुनै कमी नभएकोले कुनै पनि क्षेत्रमा लगानी गर्न सकिने उनको भनाइ थियो। पर्यटन, उर्जा तथा अन्य उत्पादन अत्यन्त लाभदायक भएकोले निर्धक्क भएर लगानी गर्न उनले आव्हान गरे। ्
कार्यक्रममा विश्व बैंकका विभिन्न विभागहरूमा कार्यरत विषय विज्ञहरू र नेपालका अन्य विकास साझेदारहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए । अर्थ मन्त्रीले ती प्रश्नहरूको उत्तर दिदैप्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धी अत्यावस्यक रहेको, व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिदै निर्यात प्रबद्र्धन गरिने बताए।
कार्यक्रममा अर्थमन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले नेपालमा सेवा प्रवाह,सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा भएका सुधार र विकास वित्तको थप आवस्यकताबारे प्रस्तुतीकरण गरेका थिए। बैंकको बोर्डबाट पारित भएको विकासको साझेदारी ढाँचालाइ कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा अर्थमन्त्रीको उपस्थितिमा विश्व बैंकका विभिन्न विभागहरूले पनि प्रस्तुतीकरणा गरेका थिए ।