मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (बिबिए) विषयमा दीक्षित भएका छन्।
वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको हो। बिराटनगरको बिग होटेलमा आयोजित कार्यक्रमका बीच बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।
वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले बिद्यार्थीहरुलाई दीक्षित गरेका थिए । समारोहमा उनले कलेजबाट उत्पादित जनशक्ति विश्व वजारमा सहज र सरल किसिमले खपत हुने दावी गरे। उनले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे।
इनोभेट नेपाल ग्रुपका सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएका बताए।
सो अवसरमा वेलायती विश्वविद्यालयका डा गुरमुक सिंहले शिप तथा दक्षता हासिल गर्ने कार्यमा वेलायत र नेपाली विद्यार्थीहरुमा कुनै भिन्नता नरहेको बताए। बेलायतको शिक्षा नेपाल मै पाएर दीक्षित हुन पाउनु गर्वको कुरा रहेको दीक्षित बिद्यार्थीहरुले अनुभब साटे।
ईनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा देशका विभिन्न शहरहरू काठमाडौ , पोखरा , इटहरी जस्तै विराटनगरमा पनि बिबिएमको कोर्स मेरिल्याण्ड कलेजले संचालन गरिरहेको छ। इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) पढाइ हुदै आएको छ। इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्।