‘कोक खाम रसिया जाम’ अभियानका विजेताहरूको दोस्रो समूह, फिफा विश्वकप हेर्नका लागि रसिया प्रस्थान गरेको छ। बालाजुस्थित बोटलर्स नेपालमा दोस्रो समूहका विजेताहरुको विदाई समारोह गरिएको कोकाकोलाले जनाएको छ।
अभियान अन्तर्गत कोकाकोलाले ४० भाग्यशाली बिजेताहरुलाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरेको हो।
२ समूहमा विभाजन गरिएकोमा पहिलो समूह असार १ गते नै रसिया पुगेर अर्जेन्टिना र आइसल्याण्ड बीचको म्याच हेरेर फर्किएको छ। आज गएको २० जनाको दोस्रो समूहले असार १२ गते हुने अर्जेन्टिना र नाइजेरिया बीचको म्याच हेर्न पाउने छ।