पछिल्लो समय विदेशी विश्वविद्यालय तथा कलेजबाट सम्बन्धन लिएर स्वदेशमै अन्तर्राष्ट्रियस्तरको डिग्री प्रदान गर्ने कलेजको संख्या बढ्दै गएको छ।
विदेशका ठूला विश्वविद्यालयबाट सम्बन्धन पाएर एउटै पाठ्यक्रम अध्यापन गराइने भएकाले अन्तर्राष्ट्रियस्तरको पढाईका लागि विदेश गइरहनुपर्ने आवश्यक्ता नरहेको कलेजहरुको दाबी छ।
कमलपोखरीमा रहेको इस्लिङ्टन कलेज स्वदेशमै अन्तर्राष्ट्रियस्तरको अध्यापन गराउने कलेजहरुमा अब्बल मानिन्छ। सन् १९९७ मा खुलेको यस कलेजले व्यवस्थापन तथा आइटी शंकायमा स्नातक तथा स्नोकोत्तर तहका विभिन्न कोर्सहरु अध्यापन गराइरहेको छ।
बेलायतको लण्डन मेट्रोपोलिटन युनिभर्सिटीसँग सहकार्य गरेर सोही अनुरुपको शिक्षा प्रदान गर्दै आएको यस कलेजले व्यवस्थापनमा स्नोकोत्तर तह (एमबिए) को भर्ना खुलाएको छ।
जागिर तथा आफ्नै व्यवसाय गर्न चाहाने विद्यार्थीको पहिलो रोजाईमा एमबिए पर्ने गरेको तथा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सक्ने बनाउने भएकाले एमबिए शंकायको लोकप्रियता बढ्दै गएको कलेज एमबिए विभाग प्रमुख दक्षता राणा शाह बताउँछिन्।
शाहका अनुसार दुई वर्ष व्यवस्थापनको क्षेत्रमा काम गरेका विद्यार्थीलाई मात्र भर्ना लिइने गरिएको छ। ‘कामको प्रत्यक्ष अनुभव लिएका विद्यार्थीले मात्र सैद्धान्तिक विषयलाई राम्रोसँग बुझ्न सक्छन्। हामी सैद्धान्तिक र व्यवहारिक दुबै पक्षमा सबल नेतृत्व उत्पादन गर्न चाहान्छौँ। त्यसैले दुई वर्ष व्यवस्थापन क्षेत्रमा काम गरेको अनुभवीलाई मात्र एमबिएमा भर्ना लिन्छौँ’, शाहले भनिन्।
शाहले कलेजबाट ग्रयाजुएट भएर जाने मध्ये ९८ं.६ प्रतिशत विद्यार्थी स्वदेश तथा विदेशका ठूला कम्पनीहरुसँग आवद्ध हुने गरेको समेत दाबी गरिन्।
कलेजले थाइल्याण्डको प्रसिद्ध ‘युनिर्भसिटी अफ दि थाइ चेम्बर अफ कमर्श’ र अनलाइन कमर्श कम्पनी अलिबाबासँग सहकार्य गरेकाले एमबिए विषय अध्ययन गर्ने विद्यार्थीले यी दुबै ठाउँमा गएर तालिम प्राप्त गर्ने अवसर पाउने कलेजका अध्यक्ष सुलभ बुढाथोकीको भनाइ छ।
‘एमबिए अध्ययन गर्न चाहने विद्यार्थीलाई हामी अलिबाबा कम्पनी र थाइल्याण्डको युनिर्भसिटी लगेर तालिम प्रदान गर्छौँ। यसले विद्यार्थीलाई जुनसुकै देशमा गएर नेतृत्वदायी भूमिकामा रहेर काम गर्न सक्ने बनाउँछ’ बुढाथोकीले भने।
त्यस्तै उनले अध्ययन अनुकल वातावरण, प्रतिस्पर्धी मूल्यमा स्वदेशमै अन्तराष्ट्रिय डिग्री प्राप्त गर्ने भएकाले इस्लिङ्टन कलेज सर्वोत्कृष्ट भएको दाबी गरे।