सम्पूर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने सरकारको लक्ष्य अनुरुप एनआईसी एशिया बैंकले सर्लाहीको हरिपुर्वा गाँउपालिकामा नयाँ शाखा विस्तार गरेको छ।
सो गाउँपालिकाको वडा नं ५, बजार चोकमा एक समारोहका बीच मंगलबार शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ।
योसहित मुलुकभर बैंकका २२४ शाखा कार्यालयहरु तथा २१० एटिएम काउन्टर संचालनमा छन्। बैंकले १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
बैंकको वासलातको आकार १६६ अर्ब भन्दा बढी पुगेको छ भने कुलकर्जा करिब ११८ अर्ब र कुल निक्षेप करिब १४१ अर्ब पुगेको छ। हालसम्म ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको बैंकले जनाएको छ।
यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापितमध्ये अग्रणी स्थानमा रहेको छ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।