हिमालयन बैंकले यस वर्षको एचबिएल दायित्व फेलोसिप अवार्ड डा. पुकार मल्ललाई प्रदान गरेको छ।
मल्ललाई अवार्ड प्रयोजनवापतको ५ लाख ४ हजार रुपैयाँ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जवराले हस्तान्तरण गरे। बैंकले सन् २०१६ देखि यस्तो अवार्ड प्रदान गर्दै आएको छ।
नेपालको आर्थिक सम्बृद्धिको लागि विभिन्न निकाय तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पुर्याउने उद्देश्यले यस्तो अवार्ड प्रदान गरिँदै आएको बैंकले जनाएको छ।