सरकारले रोजगार सिर्जनामा जोड दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ। आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री युवराज खतिवडाले रोजगारी प्रत्याभूति विधेयक ल्याइने बताए।
यसका लागि खतिवडाले ३ अर्ब १० करोड बजेट छुट्याएका छन्। त्यस्तै छोटो अवधिमा युवाहरुलाई निशुल्क तालिम प्रदान गर्ने उनले बताए।
विदेशबाट फर्किएका युवालाई उनीहरुको क्षमता पहिचान गरी १० लाख सम्म ऋण दिने व्यवस्था गरिने उनले बताए।