तोकिएको मूल्य लिएर पेट्रोल,डिजेलको मात्रामा ठगी गर्ने दुई पेट्रोल पम्पमा सरकारी अनुगमन टोलीले ताला लगाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम, नापतौल तथा गुणस्तर विभागको सयुक्त अनुगमन टोलीलले पम्प अनुगमनको क्रममा १० लिटरमा ४० मिलिलिटर कम दिएको पाएपछि शिल गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए।
उपभोक्तालाई कम तेल दिई ठगी गर्ने प्रशान्ती आयल स्टोर, एकान्तकुना, महालक्ष्मी बिश्वकर्मा ट्रेडस सातदोबाटो ललितपुरमा शिल गरिएको उनले जानकारी दिए।
निरन्तर अनुमगनलाई जारी राख्ने र कमजोरी देखिएकालाई प्राविधिक टोलीले छानविन गरी कानूनअनुसारको कारबाही गर्ने उनले बताए।
यसअघि पनि एकान्तकुनाको प्रशान्ति पम्पमा सरकारी टोलीले शिलबन्दी गरेको थियो।
तस्बिरहरु: शन्ताेष विष्ट