सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ।
सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सहयोग गरिएको कम्पनीले जनाएको छ।
यो ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान हुन्छ। १८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने कम्पनीको विश्वास छ।