मकालु एयरको जहाज दुर्घटना छानविन गर्न समिति गठन


मकालु एयरको जहाज दुर्घटनाको बारेमा छाविनगर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ।

आज विहान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालुको कार्गो जहाज खार्पुनाथ गाउँपालिकामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी चालक दरका सदस्य क्याप्टेन किरण भट्टराई र आदित्य नेपाली रहेका थिए।

कुनै पनि हवाई दुर्घटना हुँदा अन्तर्राष्ट्रिय नागरिक उड्डय संस्था आइकाओको एनेक्स १३ अनुसार बनाइएको नेपालको गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली२०७१ अनुसार उक्त समिति गठन गरिएको हो।

दुर्घटनाको कारण,राय र सुझावसहितको विस्तृत प्रतिवेदन पेश गर्नेगरी मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको. अध्यक्षमा समिति गठन गरिएको हो। समितिमा बुद्ध एयका इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, नेपाल एयरलाइन्सका क्याप्टेन गोपाल सि विष्ट रहेका छन् भने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.