रेबिज: शत प्रतिशत प्राणघातक रोग


रेबिज शत प्रतिशत प्राणघातक रोग हो । त्यस कारणले यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ। तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने रेबिज शतप्रतिशत रोक्थाम गर्न सकिने रोग पनि हो। तर त्यस्का लागि रेबिज सम्बन्धी  जनचेतना उच्च हुनु जरूरी छ।

नेपालमा करिब २०० बिरामीको रेबिजका कारण बर्षेनी मृत्यु हुने तथ्यांकले हामीलाई निकै चोट पुर्‍याएको छ। यस्तो रोगको बारेमा जनचेतना फैलाएर केही हदसम्म त्यो संख्या न्युनिकरण गर्न सकिन्छ कि भन्ने हाम्रो अभिप्राय हो र त्यसैको सार्थकता को लागि यो लेख लेख्ने कोसिश गरिएको हो।

यो रोग भाईरस (र्ह्याब्दो परिवारको लिसा भाईरस) बाट हुन्छ। सुरूमा जनावरको र्‍यालमा रहेका भाईरस जनावारको टोकाइबाट घाऊमा पुग्छ। यो भाईरस रगत र लिम्फ बाट नभै छाला मुनिको भित्रि तन्तु र मांसपेशी हुंदै परिधीय स्नायु,मेरुदण्ड र अन्त्यमा गिदी सम्म पुग्दछ।गिदीमा सन्क्रमण भएपछी मात्र बिशेष लक्षणहरु देखिन्छन । अन्त्यमा गिदिका मसिना स्नायु बाट भाईरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगहरुमा पुग्दछ । र यस्ता सन्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाईरस फेरी अर्को जनावारको शरीरमा प्रबेश गर्दछ ।

सर्ने तरिका:    

जंगली जनावार जस्तै ब्वासो फ्याउरो स्याल आदिको शरीरमा रहेको  रेबिज भाईरस घरपालुवा जनावार या जुनसुकै स्तन्धारी जनावार ति जंगली जनावारको सम्सर्गमा पुग्दा रेबिज सर्न सक्छ। र यस्ता जनावारले फेरी अन्य स्तन्धारी  जनावार या मान्छेलाई यो रोग सार्न सक्छन।यो रोग खासगरिकन रोगी जनावरले टोकेको अवस्थामा र्‍यालको माध्यमवाट सर्दछ ।

दक्षिण पूर्वी एशियाका मानिसहरुमा ९६ प्रतिशत रेविज रोग कुकुरको टोकाईवाट सर्ने गरेको पाईएको छ । यसको अलावा अन्य जनावरहरु जस्तै विरालो, न्याउरी मुसा, स्याल, व्वांसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरुको टोकाईवाट पनि रोग सर्ने गरेको रिर्पोटहरु छन् । तर वांदर र मुसाहरुवाट विरलै सर्ने सर्दछ ।

कहिले काही पशु धनीहरु रेविज रोगलाई खोरेत, भ्यागुते वा चोकि भनि झुक्किएर हातले औषधि खुवाउने कोशिस गर्दा रेविज रोग सर्न सक्दछ । रेविज रोग लागेको जनावरको दुध र मांसु खाएर मानिसहरुमा रोग सरेको प्रमाण हालसम्म पाईएको छैन् । रेविज रोग लागेका जनावरहरु वध गर्ने र रोगी पशुहरुको गिदी वा अन्य संक्रमित अंगहरुसंग लसपस हुने व्यक्ति वा पेशाकर्मीहरुलाई रोग सर्ने सम्भवना हुन सक्दछ । रेविज रोग लागेर मरेका मानिसहरुको आंखा (कोर्निया) वा अन्य अंगहरु प्रत्यारोपण गर्दा रोग सरेको पाईएको छ । तसर्थ रेविज वा रेविज जस्तै संकास्पद रोग लागेर मरेका रोगीहरुको कोर्निया वा अरु अंगहरु प्रत्यारोपण को लागि जम्मा गर्न वा प्रयोग गर्न हुदैन् । रेविज रोग लागेका रोगीहरुले अरु मानिसहरुलाई टोक्ने सम्भावना नभएता पनि हेरचाह गर्ने मानिसहरु यस वारे सजग र होसियार हुन पर्दछ र रोगीको र्‍यालको संसर्गमा आउन हुंदैन् ।

रेबिज रोगको ओथारो अबधि (भाइरस शरिरमा पसेपछि रोगको लक्षण देखिनसम्म लाग्ने अबधि) प्राय २०-९० दिन सम्म हो तर कहिलेकाहिं एक बर्ष भन्दा पनि बढि हुनसक्छ। केहि रेबिज भएका मान्छेलाइ कुकुरले टोकेको कुरा याद पनि नभएका धेरै सत्य घटनाहरु छन्। ति मानिसहरुमा ओथारो अबधी यति धेरै थियो कि, उनीहरुले सानोको बेलामा कुकुरले टोकेको बिर्सिसकेका थिए।

रेविज रोगका लक्षणहरु:

कुकुरमा देखिने रेविज रोगका लक्षणहरु:

हाम्रो क्षेत्रमा ९६% मा रेबिज रोग कुकुर को टोकाइ बाट सर्ने हुँदा यी लक्षणहरु आफ्नो नजिक मा रहेका कुकुरहरुमा भए नभएको ख्याल गर्नु अती नै महत्वपूर्ण हुन्छ। रेविज रोग लागेको कुकुरमा देखिने प्रमुख लक्षण नै सामान्य वानीव्यहोरामा परिवर्तन देखा पर्नु हो जस्तैः

– विना कारण टोक्ने ।

– अस्वभाविक वस्तुहरु जस्तै लठ्ठी, कांटी, दिशा आदि खाने ।

– बिना कारण जथाभावी दौडने ।

– स्वरमा परिवर्तन आउने जस्तै घोक्रे स्वर निकालेर भुकिरहने वा स्वर निकाल्न नसक्ने ।

-अत्यधिक र्‍याल  काढ्ने वा मुखको च्यापवाट फिज आउने, तरपानी देखि नडराउने ।

मानिसमा रेविज रोगका लक्षणहरु:

पहिलो अवस्था-

-टोकेको घाउ भएको भाग दुख्ने र चिलाउने (८० प्रतिशत भन्दा वढि केशमा )

– २ देखि ४ दिन सम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने घाँटी दुख्ने ।

-बिरामी साना-तिना कुरामा पनि उत्तेजित हुने।

दोस्रो अवस्था

हल्ला वा ठुलो आवाजवाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने ।त्यसैले  अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने

-चिडचिडाहट हुने, रिसाउने, कहिले कांहि उत्तेजित भई झम्टने र कहिले चुपचाप शान्त भई वस्ने ।

-पानीसँग खेल्न मात्र होइन पानी हेर्नै डराउने, रोगको पछिल्लो अवस्थामा पानी देख्नासाथ घांटी तन्काउने ।

-श्वास प्रश्वासमा कठिनाइ हुने हुनाले तीर्खा लागे पनि बिरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था

र्‍याल चुहाउने, अरूलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्यु हुन्छ ।

यो अवस्था २ देखि ३ दिन सम्म रहन सक्छ । तर राम्रो हेरचाह गरेको रोगीमा ५ देखि ६ दिन वा वढि समयसम्म पनि रहन सक्दछ ।     

उपचार

रेविज रोगका लक्षणहरु देखा परिसकेपछि यसको उपचार संभव छैन् । यस्तो अवस्थामा रोगीलाई भौतिक दुःख र मानसिक चिन्तावाट मुक्त गराई आरामसंग राख्न वाहेक अरु केहि गर्न सम्भव छैन् ।बिरामीको हेरचाह गर्ने व्यक्तिले रोगीको टोकाईका साथै घाउहरुलाई र्‍यालवाट वचाउन व्यक्तिगत सरसफाई वा सुरक्षाका उपायहरु सदैव अपनाउने ।

आजसम्म संसारमा सात जना रेविजका रोगीहरु वांचेका रेकर्ड पाईएकोछ । तर उनीहरु सवै जसोले टोकाई पूर्व रेविज रोगवाट वच्नकोलागि गरिने खोप लगाएका थिए । यसले रोगको वाटो परिवर्तन गरी विषाणुको असर कम गरेर वचाएको हुन सक्दछ । एउटैमात्र रोगीजसलाई चमेरोले टोकेको थियो उसलेमात्रै टोकाई पूर्व दिईने खोप लगाएको थिएन् । तर त्यो रोग पनि क्लासिकल रेविजको विषाणुवाट भएको थिएन् ।

रोकथाम र नियन्त्रण:

रेबिज रोगको शतप्रतिशत रोक्थाम सम्भव छ तर रोक्थाममा हेल्चेक्र्याइ गर्‍यो भने यो रोग शत प्रतीशत प्राणघातक पनि छ । त्यसैले रोक्थामको लागि तलका कुराहरुमा बिशेष ध्यान दिनु पर्दछ ।    

१.पशु चिकित्सक वा पशु स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसार पाल्तु कुकुर वा विरालोहरुलाई नियमित खोप लगाउनु पर्दछ ।कुकुरमा रेविज खोप दिएको प्रमाण पत्र सुरक्षित साथ राख्नु पर्दछ र वार्षिक खोप लगाउदा देखाउनु पर्दछ ।

२.रेविज रोग लागेको वा रोगको शंका भएको गाई वा भैसीको दुध र मासु वेच्न र खान हुदैन ।

३. कुत्ताघरमा कामगर्ने कर्मचारी य नियमित जोखिममा रहने जो कोहिले रेबिजको जोखिम पुर्व दिने खोप लगाउने ।

रेविजको जोखिममा पर्न पूर्व(जनावार् ले टोक्नु अघी)दिईने तालिकाः

मासु भित्र दिईने खोप तालिकाः

एक पटकमा एक मात्रा खोप(०.५ मिली) ०, ७ र २१ वा २८ दिनमा दिईन्छ ।

छाला भित्र दिईने खोप तालिकाः

प्रत्येक पटक खोपको एक मात्रा(०.१ मिलि) ०, ७ र २१ वा  २८ दिनमा दिईन्छ ।

रेबिज सार्ने कुकुर बिरालो या अन्य जनावारले टोकेपछि बिशेष प्राथमिक उपचार र रेविजको जोखिम पश्चात दिईन खोप दिनुपर्छ।

जनावारले टोकेपछि गरिने बिशेष प्राथमिक उपचार र थप उपचार

-टोकेको घाउलाई सकेकम्म चाँडै १० मिनेट सम्म सावुन र पानीले धुनु पर्दछ ।यदि सावुन पाईएन भने बगिरहेको धाराको पानीले मात्रै भएपनि १० मिनेट पखाल्नु पर्दछ । यो नै रेविज विरुद्धको सवभन्दा प्रभावकारी प्राथमिक उपचार हो ।

-स्वास्थ्य सेवाकेन्द्रमा गएर घाउलाई ७० प्रतिशतको अल्कोहलले वा पोभिडोन आयोडिन सोलुसनले राम्रोसंग सफा गर्नु पर्दछ ।

-आवश्यक परेमा टिटानस  खोप दिन पर्दछ ।

-संभावित जिवाणुको संक्रमण रोक्नको लागि एन्टिमाईक्रोवियल्स सिफारिस गर्न पर्दछ ।

– आबश्यक भए जनावारले टोकेपछी दिने रेबिज खोप या इम्युनोग्लोबुलिन दिने ।

-मुसाले टोक्दा रेबिज खोप दिनु पर्दैन तर टिटानस खोप दिनुपर्छ ।बाँदरको टोकाइ बाट भने कतिपय अवस्थामा डाक्टरको सल्लाह बमोजिम खोप लगाउनु आबश्यक हुन्छ।नेपालको महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाले २०१३ को निर्देशन अनुसार चमेराले टोक्दा रेबिज खोप दिनुपर्छ भनेको छ ।

-रेबिज को खोप लगाएको कुकुर ले टोक्यो भने पनि सो टोकिने ब्यक्तीले खोप लगाउनु पर्दछ किनभने त्यो कुकुरमा लगाएको खोप को गुणस्तर सहि थियो कि थिएन हामीले भन्न सक्दैनौ।  -यदी टोक्ने कुकुरलाई १० दिन सम्मा निगरानीमा राख्न सकिन्छ भने ०, ३, ७ दिनको खोप लगाउनु पर्दछ तर १० औँ दिन सम्म पनि कुकुरलाई कुनै लक्षण देखिएन भने १४ औँ दिनको खोप नलगाउने तर २१ वा २८ औँ दिनको लगाउने।

-एकचोटी रेबिजको खोप लगएर जीवनभर सुरक्षित भईदै न ।फेरी रेबिजको जोखिममा परे चिकित्सक को सल्लाह बमोजिम फेरी खोप लगाउनु पर्दछ ।

टोकेको घाउमा गर्न नहुने कामहरुः

-घाउलाई कुनै ड्रेसिङ्ग गर्ने वस्तुले वा व्याण्डेजले छोप्न ।

-घाउमा टाँका लगाउन, यसले रेविजका विषाणुलाई फैलन मद्दत गर्दछ ।

–यदि घाउ ठुलो छ र वन्द गर्न आवश्यक छ भने रेविज ईम्युनोग्लोवुलीनको सुई दिएर मात्रै टाँका लगाउन पर्दछ,घाउको टाँका खुकुलो हुनु पर्दछ र घाउवाट रगत र अन्य पदार्थहरु वहने प्रकृयालाई वाधा पुर्‍याउन हुदैन ।

रेविजको जोखिम पश्चात दिईने तालिकाः

क) ५ मात्राको मासु भित्र दिईने तालिका

०, ३, ७, १४, र २८ औँ दिनमा ०.५ मिलीको एक एक मात्रा खोप मासु भित्र दिईन्छ ।० दिन भन्नाले खोपको पहिलोमात्रा लगाएको दिन लाई सम्झनु पर्दछ ।यो दिन जनावरले टोकेको पहिलो दिन नहुन पनि सक्दछ ।तर पहिलो खोपको मात्रा सकेसम्म चाडो दिनु पर्दछ । किनभने बौलाहा कुकुरले टोकेको तीन दिनभित्र पनि रेबिज लागेको पनि पाइएको छ ।

छाला भित्र दिईने खोप तालिका:

-०, ३, ७, र २८ औँ दिनमा रेबिजको सुई लाउनुपर्छ

-यो बिधिमा खोपको थोरै दिये पुग्ने ०.१ मिली (प्रति पाखुरा,दुई पाखुरामा) र ४ मात्रा लगाए पुग्ने भएकाले  मासुमा  लगाउने खोपमा भन्दा यसमा खर्च कम पर्न आउछ । नेपाल सरकारले हालै टेकु अस्पातलबाट यो खोप को शुभआरम्भ गरेको छ ।

विस्व स्वास्थ्य संगठन ले कुन कुन अवस्थामा रेबिज को खोप र इमीनोग्लोबुलिन लगाउने भनेर निर्देशन जारी गरेको छ सो यसप्रकार छ ।

जोखिमको श्रेणी

 

जानवरसँग संपर्क को किसिम जोखिमको सम्भावना सिफारिस गरिएको रेविज खोपको मात्रा वा

उपचार

 

पहिलो कुनै जनावरलाई छोएमा वा खुवाएमा,

घाउ खटिरा नभएको छालामा जनावरले चाटेमा,घाउ खटिरा नभएको छालामा रेविज

लागेको जनावर वा रेविज लागेको मानिसको ¥याल वा अन्य श्राव परेमा,

 

नभएको -कुनै खोप वा उपचारको आवश्यकता नपर्ने ।

 

दोश्रो -जनावरले छालामा सामान्य चिथोरीे घाउ भएमा

-छालावाट रगत आएको हो कि होईन जस्तो गरी टोकेमा ।

 

 

केही जोखिम -घाऊको उपचार

-रेबिज को खोप लगाउने

तेश्रो -एक ठाउं वा धेरै ठाउंमा छाला छेडिने गरी घाउ पारेमा,

-च्यातिएको वा फुटेको छालामा चाटेमा,

–¥याल, म्युकस मेम्व्रेनमा (आँखा नाक मुख भित्र  परेमा )वा चाटेमा,

-चमेरोको सम्पर्कमा आएमा

-जंगली जनावारले टोकेमा

 

 

कडा जोखिम -घाऊको उपचार

-रेबिज को खोप लगाउने

-इमिनोग्लोबुलिन पनि दिने

-टाउको, घांटी, अनुहार, हातका औलाहरु र प्रजनन अंगहरुमा हुने टोकाईलाई तृतीय श्रेणीको टोकाई को रुपमा लिन पर्दछ । किनिकी त्याहा स्नायु नशाहरुको जालो अत्यधिक हुन्छ ।

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.