सुन ५७ हजार मुनि ओर्लियो


सुनको मूल्य बिहीबार ५७ हजारमुनि झरेको छ। अघिल्लो दिन तोलामा ५७ हजार १ सय रुपैयाँ रहेकोमा आज ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो। ६ दिनको अवधिमा करिब १ हजार रुपैयाँले मूल्य घटेको छ।
त्यस्तै चाँदी अघिल्लो दिनभन्दा तोलामा ५ रुपैयाँ घटेर ७८० कायम भएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.