तीन वटा क्यामेरा भएको कुल प्याडको ‘कुल वन’ फोन जसमा छन् यस्ता विशेषता


स्मार्टफोन हाम्रो दैनिक दिनचर्याको अभिन्न अंग बनिसकेको छ। बजारमा धेरै कम्पनीका मोबाइल फोनहरू उपलब्ध छन् तर तीनमा खासै धेरै फरक भने हुने गर्दैनन्। अन्तर्राष्ट्रिय बजारमा सुविधाजनक स्थान ओगटेको कुलप्याड कम्पनीले नेपाली मोबाइल बजारमा भने जयमाँ इन्पटरकन्टीनेन्टल मार्फत प्रवेश गरेको ७ महिना मात्र भएको छ। कुलप्याड गत फेब्रुअरीमा नेपाल प्रवेश गरेको थियो।

यस अवधिमा ब्राण्ड आफ्नो बेग्लै पहिचान स्थापित गर्न कोशिशरत छ।

ब्राण्डको एक आर्कषक फोन हो ‘कुल वन’। यस मोडलको फोनमा बजारमा पाइने स्मार्टफोनहरु भन्दा केही खास विशेषतासमेत छन।

फोन नेपालका विभिन्न भुगोलमा गएर परीक्षण गरेपछि मात्र नेपाली सुहाउँदो हुने गरी केही अपग्रेड तथा पृथक बनाइ सार्वजनिक गरिएको कम्पनीका मार्केटिङ प्रमूख रूपमा श्रेष्ठ बताउँछन्। उनले कम समयमा निकै राम्रो साथ पाइरहेको समेत दाबी गरे।

श्रेष्ठले भने, ‘हामीले नेपाली बजारमा ल्याउनु पूर्व निकै नै मेहेनत गरेका थियौं जसले गर्दा भारतमा पाइने भन्दा नेपालमा पाइने कुलवन फोनमा डिजाइन, ब्याट्री क्षमता लगायतमा केही भिन्नताहरु देख्न सकिन्छ, लन्च भएको छोटो अधिमा पनि निकै नै राम्रो प्रतिक्रिया हामीलाई आइरेको छ।’

श्रेष्ठले उचित मूल्यमा उत्कृष्ट फिचर्स समावेश गरिएकाले अन्य कम्पनीको फोन भन्दा कुलप्याड ‘कुलवन’ अब्बल रहेको दाबी समेत गरे।

यस्ता छन कुलप्याडको ‘कुलवन’ फोनका विशेषता­

क्यामेरा

यस फोनको आर्कषक पक्ष भनेको यसमा रहेको तीन क्यामेरा हुन्। १.४ पिक्सेल साइज, एफर २.२, एचडीआर, ब्युटी मोड, जीआइएफ, १०८० भिडियो रेकर्डिङ, फेस डिटेक्सन र ८० डिग्रीको वाइड एगंल लेन्ससहितको ८ मेगापिक्सेलको सेल्फी (फ्रन्ट) क्यामेरा छ। यस फोनको सेल्फी यसै मूल्यका अन्य कम्पनीका फोनहरूको दाँजोमा निकै अब्बल रहेको छ।

त्यस्तै पछाडि (रियर) दुई क्यामेरा छन् जसमा एफर २.२ अपेचर, डुअल सिक्सपी लेन्स, डुअल आइएसपी र  एलइडी टुन कलर टेम्प्रेचर फ्ल्यास, सोनी बिएसआइ सेन्सर तथा ४ के भिडियो रेर्कडिङ सुविधाको दुबै १३ मेगापिक्सेलका क्यामेरा छन्। यी क्यामेराले उत्कृष्ट तस्बिर खिच्न सक्छन्।

डिस्प्ले

यस फोनमा ५.५ इन्चको आइपिएस एलसीडी कर्निङ गोरीला ग्लास थ्री र्पोटेक्सनसहतिको डिस्प्ले छ। तर फोनमा २.५ कभर्ड ग्लासको भने अभाव छ। तथा १०८० x १९२० पिक्सेल, ४०३ पिपिआई पिक्सेल डेन्सीटी, ४५० एनआइटी ब्राइटनेसको डिस्प्ले रिजोलुसन समावेश गरिएको छ।

प्रोसेसर

५.६ इयुआई सहितको ६.० मार्समालो एन्ड्रोइड ओएस भर्सनमा उपलब्ध छ। स्नापड्रागन ६५०, 4×1.2 गीगाहर्ज कार्टेक्स A53 तथा द्ध 4×1.8 गीगाहर्ज  कार्टेक्स A72 को ओक्टाकोर सिपियु तथा एडरेनो ५१०के जिपियु प्रोसेसरको प्रयोगले फोनमा एकै चोटी धेरै एप खोल्दा समेत ‘स्लो’ तथा ‘ह्याङ’ हुने जस्ता समस्या देखा पर्दैन्।

स्टोरेज

४ जीबी र्‍याम रहेको यस फोनमा ३२ र ६४ जीबी इन्टरनल स्टोरेज क्षमता रहेको छ। फोन यस अघि ३२ जीबीको इन्टरनल स्टोरेज रहेकोमा उपभोक्ताको आग्रहमा ६४ जीबीको भेरियन्टलाई बजारमा ल्याएको दाबी गरेको छ।

ब्याट्री

फोनमा ४ हजार ६० एमएएच क्षमताको ब्याट्री छ। फोनमा फास्ट चार्जिङको सुविधा सेमत दिइएको छ। यसले फोनको ब्याट्रीलाई कम समयमै फुल चार्ज गर्न सक्ने बनाएको छ।

मूल्य

यस फोनको बजार मूल्य ३० हजार ९ सय ९६ निर्धारण गरिएको छ। तर विभिन्न पसल तथा अनलाइन साइटहरुले अफरसहित यस भन्दा कम मूल्यमा फोन उपलब्ध गराएका छन्।

अन्य

दुई सिम लाग्ने यस फोनले फोरजी स्र्पोट गर्छ भने ग्रे, सिलभर तथा सुनौलो गरी तीन भिन्न कलरको मेटल बडी डिजाइनमा उपलब्ध छ।

यससँगै बजारमा कुलप्याड नोट थ्रीएस, मेगा थ्री तथा मेगा टु फोनहरु पनि उपलब्ध छन्।

यस फोनको न्युरोड तथा सिभील मलमा सर्भिस सेन्टर रहेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.