उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग


सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै उत्सवको उमंग सामसङसँग परिवार दङ्ग योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत सामसङको हरेक फोर जी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने छ । मिति २०७४ भाद्र १६ गते देखि कार्तिक १ गते सम्म लागू हुनेछ ।

भाग्यशाली बिजेता भाद्र २२ गते देखि आश्विन १० गते सम्म र आश्विन १८ गते देखि कार्तिक १ गते सम्म ३५ दिन लगातार छनौट गरिनेछ । यसरी दैनिक एकजनाका दरले ३५ जना भाग्यशाली व्यक्तिले पाउनुहुने छ सामसाङ होम अप्लाइन्सहरु घर लैजाने अवसर ।

यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभि, डबल डोर रेफ्रिजेनेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड बासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने छन् ।

यस योजनामा सहभागी हुन मोबाइलको मेसेजमा गई  samsung टाइप गरी स्पेस दिई नयाँ मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ ।

एसएमएसपठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाट टै ग्राहकलाई दिन्छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.