ललितपुर मोबाइल एक्स्पोमा अवलोकनकर्ताहरुको आकर्षण


लगनखेलस्थित ललितपुर मलको दोस्रो तलामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा ठूलो चौथो एक्स्पो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको छ ।

कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुमा छुट दिईरहेको जानकारी दिएको छ।

मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना भईरहेको ललितपुर मोबाइल एक्स्पोमा ग्राहकहरुको भिड बढ्दै गईरहेको मलका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए।

उपभोक्ताहरुले मोबाइल खरिद गर्दा ह्वावेको जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट, सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट सिधै प्राप्त गर्नसक्ने छन्।

एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी२ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिईएको छ ।

त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् ।

कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुने अध्यक्ष बस्नेतले जानकारी दिए।

“हामीले सबैभन्दा सस्तो मुल्यमा स्मार्टफोनहरु बिक्री गरिरहेका छौं, जसले गर्दा हाम्रो स्टक सकिएको छ । अझै ग्राहकहरुले गुणस्तरीय र ब्राण्डेड मोबाइल सुपथ मुल्यमा किनिरहेका छन् । सबैलाई यो मौकाको फाईदा उठाउन हामी आग्रह गर्दछौं,” अध्यक्ष बस्नेतले भने।

कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया , डिटिसी, ओवीआई, लाभा, सोनी, वन प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

बडादशैं तथा तिहारको अवसर पारेर कम्पनीले यहि भदौ १६ गते देखि भदौ २६ गतेसम्म संचालन हुनेगरि ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको हो ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.