प्राइम स्टोरमा माेबाइल किन्दा उपहारै उपहार


ललितपुरको पुल्चोक दमकल चोकमा रहेको प्राइम स्टोरले चाडपर्वको अवसर पारेर ‘दसैैंको बहार सस्तो मुल्यमा मोबाइल साथमा उपहारै उपहार’को योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकले हरेक मोबाइल सेट खरिदमा निशुल्क उपहार पाउने स्टोर संचालक सागर गौतमले जानकारी दिए । निशुल्क उपहारमा हेडफोन,सेल्फी स्टिक, स्पिकर, सिम कार्ड,, रिचार्ड कार्ड दिइने संचालक गौतमले बताए।

प्राइम स्टोरमा मोबाइल किन्दा उपहारका अलावा मुल्य पनि उचित हुने र जेनुइन सामानको ग्यारेन्टी हुने गौतमको भनाइ छ।

‘हामी विक्रीपछिको सेवा पनि उपलब्ध गराउँछौं ‘गौतमले भने, ‘हाम्रो उद्धेश्य गुणस्तरीय सामान उपलब्ध हुने ठाउँको रुपमा प्राइम स्टोरलाई चिनाउनु हो ।’

उत्पादक कम्पनीले स्टोरलाई जुन गुणस्तरको सामान उपलब्ध गराउँछ ग्राहकले त्यही सामान पाउने गौतमले बताए। ‘यहाँबाट किनेको फोनको ब्याट्री,हेडफोन, चार्जरजस्ता पाटपुर्जा साटिएको छ कि भनेर आशंका गर्नुपर्देन,’ गौतमले भने ।

प्राइम स्टोर ललितपुरकै सबैभन्दा ठूलो मल्टीब्राण्ड मोबाइल स्टोर हो ।

यो २ वर्षअघि स्थापना भएको हो । यसमा सामसुङ, हुवावे,एमआइ,ओप्पो,वन प्लस, जिओनी, सोनी, नोकिया लगायतका मोबाइल पाइन्छ । संचालक गौतमका अनुसार प्राइम स्टोरमा सबै मोबाइल सेटका एसेसरिज उपलब्ध छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.