चिनियाँ मोबाइल फोन उत्पादक कम्पनी हुवावे नेपालमा सामसङपछिको सबैभन्दा धेरै बजार हिस्सा भएको ब्राण्ड हो। हुवावेका ‘कन्ट्री हेड’ जोएसको भनाइमा ब्राण्डले बजारको करिब १५ प्रतिशत हिस्सा ओगटेको छ।
हुवावेले उचित मूल्यमा उत्कृष्ट फिचर्स र ‘पर्फमेन्स’ प्रदान गर्छ भन्ने आम ग्राहकहरुको विश्वासले नै कम्पनीलाई यो स्थानसम्म ल्याई पुर्याएको ब्राण्डका बजार व्यवस्थापक समित प्रधानङ्गको भनाइ छ। प्रधानङ्गका अनुसार हाल नेपाली बजारमा १५ देखि २५ हजारका मध्यम मूल्यको फोन धेरै विक्री हुने गरेको छ।
काठमाडौं उपत्यका बाहिर भने ‘इन्ट्री लेभल’ का फोनहरुको बजार हिस्सा धेरै रहेको उनी बताउँछन्। ‘हुवावेको पनि इन्ट्री लेभल’ मा ‘वाइथ्री २०१७’ र मिडरेन्जमा ‘वाइफाइभ २०१७’ सबैभन्दा धेरै खोजिने मोडलहरु हुन्’ उनले भने।
कम्पनीका धेरै मोडलका फोन ग्राहकका हातमा रहेपनि हाल भने हुवावेका ९ मोडलका उत्पादन बजारमा किन्न पाइन्छन्। जसमा ९ हजारको ‘वाइथ्री टु’ देखि ७९ हजारको ‘पीटेन प्लस’ सम्म अटाएका छन्।
यी फोन किन्दा ५ देखि ७ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ। कम्पनीले उपलब्ध गराए अनुसार यस्ता छन् हुवावे फोनका मोडल, फिचर्स र मूल्य विवरणः
वाइ थ्री टु
९ हजार रुपैयाँ पर्ने यो फोनमा ४.५ इन्च एफडब्लुभीजिए डिस्प्ले, १.३ गिगाहर्ज क्वाडकोर प्रोससर, १ जीबी र्याम रहेको छ। ८ जीबी इन्टरनल स्टोरेज छ, जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ।
एन्ड्रोइड ५.१ ललिपप भर्सनमा रहेको फोनमा अटोफोकस सहित ५ मेगापिक्सेल रियर तथा २ मेगापिक्सेल सेल्फी क्यामेरा छ। थ्रीजी डुअल सिम र २१०० एमएएच ब्याट्री क्षमता फोनमा छ।
वाइ थ्री २०१७
१० हजार ९ सय रुपैयाँ पर्ने यसमा ५ इन्चको एलसिडी डिस्प्ले छ। १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १ जीबी र्याम, ८ जीबी इन्टरनल मेमोरी, ३२ जीबीसम्म मेमोरी कार्ड स्पोर्ट गर्ने एन्ड्रोइड ओएस ६.० भर्सन, एलइडी फ्ल्यास, अटोफोकस र एफ २.० अपेचर लेन्ससहितको ८ मेगापिक्सेल रियर तथा २ मेगापिक्सेल सेल्फी क्यामेरा फोनमा छ।
२२०० एमएएचको ब्याट्री छ भने फोनको खरिदमा एउटा रिङ्ग होल्डर निशूल्क प्राप्त गर्न सकिने कम्पनीले जनााएको छ।
वाइ फाइभ टु
५ इन्च एचडी आइपीएस एलसिडी डिस्प्ले रहेको यसको मूल्य १२ हजार रुपैयाँ छ। १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर तथा १ जीबी र्याम यसका विशेषता हुन्। ८ जीबी इन्टरनल स्टोरेजलाई ३२ जीबीसम्म बढाउन सकिन्छ।
एन्ड्रोइड ५.१ ललिपप भर्सन, एफ २.० लेन्स, अटोफोकस र डबल एलइडी फ्लयाससहितको ८ मेगापिक्सेल रियर र २ मेगापिक्सेल सेल्फी क्यामेरा यसमा छ। थ्रीजी तथा डुअ्ल सिम अट्ने यसको ब्याट्री २२०० एमएएचको छ।
टी वान 
इन्टरनल स्टोरेज क्षमताका आधारमा यो मोडलका फोनको मूल्य १३ हजार ५ सय तथा १७ हजार ५ सय रहेको छ। १६ जीबी इन्टरनल स्टोरेज रहेकोलाई साढे १७ हजार र ८ जीबी इन्टरनल स्टोरेज रहेकोलाई साढे १३ हजार रुपैयाँ पर्दछ।
दुवैमा ७ इन्च आइपीएस एलसिडी डिस्प्ले, १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १ जीबी र्याम छ। ३२ जीबीसम्मको क्षमता भएको मेमोरी कार्ड राख्न मिल्ने र एन्ड्रोइड ४.४ किटक्याट भर्सन रहेको फोनमा फ्ल्यास् लाइटसहितको ५ मेगापिक्सेल रियर तथा २ मेगापिक्सेल सेल्फी क्यामेरा छ। थ्रीजी तथा सिंगल सिममा उपलव्ध यसमा ४१०० एमएएचको ब्याट्री छ।
वाइ फाइभ २०१७
१५ हजार ६ सय रुपैयाँ मूल्य रहेको यसमा ५ इन्च आइपीएस एचडी डिस्प्ले, १.४ गिगाहर्ज क्वाडकोर प्रोससर, २ जीबी र्याम छ। १६ जीबी इन्टरनल मेमोरी रहे पनि यसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ।
एन्ड्रोइड ६.० मार्समालो भर्सन, एफ २.० अपेचर लेन्ससहितको ८ मेगापिक्सेल रियर तथा एलइडी फल्याससहितको ५ मेगापिक्सेल सेल्फी क्यामेरा छ। फोरजी चलाउन मिल्ने डुअल सिम, ३००० एमएएचको ब्याट्री रहेको फोन खरिदमा सेल्फी स्टिक निशूल्क प्राप्त गर्न सकिन्छ।
वाइ सिक्स टु
१७ हजार ९ सय ९९ रुपैयाँ पर्ने यसको डिस्प्ले ५.५ इन्च आइपिएस एलसिडीमा छ। १.२ गिगाहर्ज अक्टाकोर प्रोससरमा चल्ने यसमा २ जीबी र्याम छ। १६ जीबी इन्टरनल मेमोरी रहेकोलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ।
एन्ड्रोइड ६.० मार्समालो भर्सनमा रहेको यसमा बीएसआई सेन्सर, एलइडी फ्ल्याससहितको १३ मेगापिक्सेल रियर तथा ८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ। फोरजी र डुअ्ल सिम सपोर्ट गर्ने फोनमा ब्याट्रीको क्षमता भने ३००० एमएएच रहेको छ।
वाइ सेभेन प्राइम
२४ हजार ९ सय रुपैयाँको यसमा ५.५ इन्च एचडी डिस्प्ले, एन्ड्रोइड ७.० नोगट भर्सन, फिंगरप्रिन्ट सेन्सर, ३ जीबी र्याम, ३२ जीबी इन्टरनल मेमोरी छ। जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ।
एलइडी फ्ल्याससहितको १२ मेगापिक्सेल रियर तथा ८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको फोनको ब्याट्री ४००० एमएएचको छ। यसको खरिदमा सेल्फी स्टिक निशूल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
जिआर फाइभ २०१७
३५ हजार ९ सय रुपैयाँको यसमा ५.५ इन्च फुल एचडी, २.५डी कर्भड ग्लास आइपीएस डिस्प्ले छ। २.१+१.७ गिगाहर्ज अक्टाकोर प्रोससर, ३ सेकन्डमा फोनको लक खोल्ने फिंगरप्रिन्ट सेन्सर, ४ जिबी र्याम यसका विशेषता हुन्।
६४ जीबी इन्टरनल मेमोरीलाई मेमोरी कार्ड मार्फत बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ। एन्ड्रोइड ६ मार्समालो भर्सन (नोगट भर्सनमा अपग्रेड गर्न मिल्ने), एलइडी फ्ल्यास सहितको १२+२ मेगापिक्सेलका दुई रियर तथा ८ मेगापिक्सेल सेल्फी क्यामेरा, फास्ट चार्जिङ अप्सनसहितको ३३४० एमएएच ब्याट्री क्षमता यसका विशेषता हुन्।
यसको खरिदमा ब्लुटुथ, स्पिकर र सेल्फी स्टिक निशूल्करुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
पीटेन प्लस
७९ हजार रुपैयाँ मूल्य रहेको यसमा ५.५ इन्च २के डिस्प्ले छ। २.५डी कर्भड गोरिला ग्लास ५, २.१+१.८ गिगाहर्ज अक्टाकोर, आइ फाइभ प्रोससर, फिंगरप्रिन्ट सेन्सर, ४ जीबी र्याम फोनमा छ।
६४ जीबी इन्टरनल मेमोरीलाई १२८ जीबीसम्म पुर्याउन सकिन्छ भने एन्ड्रोइड ७.० नोगटमा भर्सनमा एफ१.८ लेइका लेन्स, ओआइएस, फेज डिटेक्सन, अटोफोकससहितको २०+१२ मेगापिक्सेलका दुई रियर तथा एफ १.९ अपेचर लेन्ससहितको ८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको फोनमा ३७५० एमएएचको ब्याट्री छ।
यसको खरिदमा निशूल्क रुपमा लेन्स गिफ्ट बक्स, प्रति महिना एक जीबीका दरले दश महिनासम्म एनसेल डाटा, फोनको स्क्रिन टुटफुट भएमा बिमा, दुई घण्टे ‘आफ्टर सेल्स सर्भिस’, डोर टु डोर सर्भिस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
उल्लेखित मूल्यमा पसल र तिनले दिने अफर र छुट प्रतिशतका आधारमा फरक पर्न सक्नेछ।