जिओनीको ‘एवन लाइट’, उत्कृष्ट क्यामेरा र ब्याट्री भएको फोन


चिनियाँ मोबाइल उत्पादक कम्पनी ‘जिओनी’ नेपाली बजारमा एक रुचाइएको ब्राण्ड हो। नेपालमा ‘जिओनी’ आधिकारिक वितरक ‘टेलिटक प्रालि’ मार्फत करिब तीन वर्षअघि भित्रिएको ब्राण्ड हो। तर छोटो अवधिमै यस ब्राण्डले बजारमा आफूलाई स्थापित गरिसकेको छ।

गत असारमा सार्वजनिक गरिएको ‘एवन लाइट’ मा के छन् त विशेषता?

नामले भने जस्तै ‘एवन लाइट’ ‘ए सिरिज’ अन्र्तगतका तीन फोन मध्ये ‘लोअर भर्सन’ को फोन हो। यस फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैंयाँ निर्धारण गरिएको छ।

जिओनीका बजार व्यवस्थापक समिर ढुंगाना मूल्य अनुरुपको फोन र उत्कृष्ट सेल्फी तथा रियर क्यामेरा भएकाले छोटो अवधिमै उपभोक्ताहरुको फोन प्रति निकै आर्कषण देखिएको बताउँछन्।

उनले भने, ‘फोनको सेल्फी क्यामेरा सबैभन्दा रुचाइएको छ। फोटो तथा लामो समयको ब्याट्री व्याकअपका लागि फोन बजारमा भएका सबै कम्पनीका उत्पादन भन्दा अब्बल छ भनेर हामी सहजै भन्न सक्छौँ।’

उनले फोनलाई भारतिय बजारमा भन्दा पहिले नेपाली बजारमा भित्र्याइएको समेत उल्लेख गरे।

डिस्प्ले तथा डिजाइनः

यस फोनमा कर्निङ गोरिला ग्लास प्राटेक्सनसहितको ५.३ इन्च १२८०×७२०पी एचडी आइपीएस डिस्प्ले छ। आउटडोर प्रयोग गर्न भने फोनको ब्राइट्नेसले पूर्ण सहयोग गर्छ। आल्मुनियमको प्रयोगद्धारा निर्मित फोनको बडी डिजाइन स्टाइलिस छ। फोनको पछाडीको भागमा फिंगरप्रिन्ट सेन्सर जडान गरिएको छ। यद्यपी फोनको मूल्यमा फुल एचडी डिस्प्लेको अपेक्षा गर्न सकिन्थ्यो। त्यस्तै, गुणस्तरीय भएपनि यस फोनको स्पिकरको आवाज तुलनात्मकरुपमा सानो रहेको छ।

क्यामेराः

फोनको सबैभन्दा सबल पक्ष भनेको यसको सेल्फी क्यामेरा हो। फोनमा एफ२.० अपेचर लेन्स र एलइडी फ्लायस् सहितको २० मेगापिक्सेलको सेल्फी क्यामेरा छ।

त्यस्तै फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। एलइडी फ्ल्यास र फेज डिटेक्सनको सुविधा सहित एफ२.० अपेचर लेन्स भएको रियर क्यामेराले उत्कृष्ट फोटो खिच्छ।

फोनका दुबै क्यामेराले ‘डे लाइट’ र ‘लो लाइट’ जुनसुकै अवस्थामा राम्रो फोटो खिच्न सक्छन् भने भिडियो पनि उत्कृष्ट क्वालिटिको रेकर्ड गर्न सक्छन्।

पर्फमेन्स

एन्ड्रोइड ७.० नोगट भर्सनमा उपलब्ध यस फोनमा १.३ गिगाहर्जसहित मिडियाटेक एमटी६७५३ को प्रोसेसर समावेश गरिएको छ।

त्यस्तै फोनमा ३ जीबी र्याम तथा ३२ जीबीको इन्टरनलन मेमोरी छ जसलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ।

ब्याट्री

फोनको अर्को सबल पक्ष भनेको यसमा रहेको ४ हजार एमएएचको ब्याट्री क्षमता हो। यसमा समावेश ‘हेभ्भी’ ब्याट्रीले फोन धेरै प्रयोग गरेपनि सहजरुपमा दिन भरी चार्ज थेग्छ। तर यस फोन फास्ट चार्जिङको अप्सन भने दिइएको छैन् जसले गर्दा फुल चार्ज गर्न लामो समय लाग्ने गर्छ।

यस फोन रेड, गोल्डेन र ब्ल्याक कलरमा उपलब्ध छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.