सायोमीको नयाँ फोन ‘एमआई सिक्स’ बजारमा

सायोमीको नयाँ फोन ‘एमआई सिक्स’ बजारमा


चिनियाँ कम्पनी सायोमीको नेपालका लागि आधिकारिक विक्रेता वत्सल इम्पेक्स प्रालीले बजारमा ‘एमआई सिक्स’ सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको फोनमा ५.१५ इन्च फुलएचडी डिस्प्ले रहेको छ भने फिंगरप्रिन्ट स्कयानर र एन्ड्रोइड नोगट ७.१ भर्सन छ।

अक्टाकोर स्नापड्रागन ८३५ चिपसेट समावेश गरिएको यस फोनमा ६ जीबी र्याम तथा ६४ जीबी इन्टरनल स्टोरेज छ।

फोनमा १२ मेगापिक्सेलको डुअल रियर तथा ८ मेगापिक्सेलको सेल्फी क्यामेराको संयोजन रहेको छ।

फास्ट चार्जिङको अप्सनसहितको ३३५० एमएएच ब्याट्री क्षमता रहेको यस ब्ल्याक करलमा उपलब्ध छ।

फोनको मूल्य ५४ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.