माइक्रोम्याक्सको नयाँ फोन ‘सेल्फी टु’ सार्वजनिक

माइक्रोम्याक्सको नयाँ फोन ‘सेल्फी टु’ सार्वजनिक


मोबाइल उत्पादक कम्पनी ‘माइक्रोम्याक्स’ ले नयाँ फोन ‘सेल्फी टु’ सार्वजनिक गरेको छ।

कम्पनीको आधिकारिक वेबसाइटमा यस फोनको फिचर्सका बारेमा बताइएको छ भने मूल्य र स्क्रिन साइज खुलाइएको छैन।

सार्वजनिक फिचर्सअनुसार एन्ड्रोइड नोगट भर्सनको यस फोनमा १.३ गिगाहर्ज मिडियाटेक क्वाडकोर प्रासेसरसहित ३ जीबी र्याम तथा ३२ जीबी इन्टरनल मेमोरी समावेश गरिएको छ।

त्यस्तै फोनमा एलइडी फ्ल्यास र एफ÷२.० अपेचरसहित ८ मेगापिक्सेलको सेल्फी तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ।

त्यस्तै कम्पनीले ‘रिप्लेस्मेन्ट स्किम’ समेत दिएको छ। जसअन्र्तगत एक सय दिन भित्र फोनमा कुनै पनि प्रकारको समस्या आएमा नयाँ साटिदिने व्यवस्था गरिएको छ।

३००० एमएएचको ब्याट्री क्षमता भएको यस फोन नेपाली बजारमा भने आइसकेको छैन।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.