‘ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’का विजेता घोषित


ओप्पोले ‘ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’का विजेताहरुको घोषणा गरेको छ। कम्पनीले ‘रक्षाबन्धन’लाई लक्षित गर्दै ‘ओप्पो सेल्फी कन्टेष्ट’को आयोजना गरेको थियो।

साउन ९ देखि ११ गतेसम्म आयोजित सेल्फी कन्टेष्टमा झण्डै ७ सय जना प्रयोगकर्ताले आफ्नो सेल्फी प्रेषित गरी सहभागिता जनाएका थिए।
विजेताका रुपमा राजेश तन्डुकार, रश्मी महर्जन र एन्जल्स हार्ट छनोट भएका छन्।

तीनै जना भाग्यशाली विजेतालाई कम्पनीले जनही २–२ ओटा ओप्पो ब्याग र ओप्पो गिफ्ट बक्स उपहारस्वरुप हस्तान्तरण गरेको छ।  कम्पनीले काठमाडौं, कमलपोखरी स्थित आफ्नो ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई उपहार हस्तान्तरण गरेको हो।

उपभोक्ताको उत्साहजनक सहभागिताका कारण भविष्यमा यस्ता कन्टेष्टको आयोजना गर्न थप हौसला मिलेको ओप्पोको नेपालका लागि प्रबन्ध निर्देशक बबी झाओले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.