२४ हजार ९ सय पर्ने हुवावेको नयाँ फोन बजारमा


चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेले नेपाली बजारमा मध्यम रेन्जको नयाँ फोन ‘वाइ सेभेन प्राइम’ सार्वजनिक गरेको छ।

आज सार्वजनिक गरिएको यस फोनमा २.५डी कर्भड् ५.५ इन्च एचडी डिस्प्ले रहेको छ जसमार्फत विभिन्न भिडियो, फोटो तथा गेमिङको मज्जा लिन सकिनेछ।

एन्ड्रोइड नोगट ७ भर्सनमा क्वालकम् ओक्टाकोर प्रोसेसर भएको यस फोेनमा ३.० फिंगरप्रिन्ट सेन्सर तथा ०.२ सेकेन्डमा अनलक गर्न सकिने छ।

३ जीबी रयाम् र ३२ जीबी इन्टरनल स्टोरेज फोनमा छ। यसमा स्मार्ट पावर सेभिङ प्रविधिसहितको ४ हजार एमएएचको ब्याट्री समावेश गरिएको छ।

एक पटक चार्ज गरिसकेपछि लगातार २० दिनसम्म स्टाण्डबाई मोडमा राख्न तथा २० घण्टासम्म लगातार एचडी भिडियो हेर्न सकिने कम्पनीले दाबी गरेको छ।

यस फोनमा १.२५ युएम सहितको १२ मेगापिक्सेलको रियर क्यामेरा छ भने ०.३ सेकेन्डको फेज डिटेक्सन अटोफोकस रहेको छ।

त्यस्तै फोनमा ब्युटीमोड र पानोरामा सेल्फीसहितको ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।

फोनमा ‘हुवावे सेयर’ नामक फाइल ट्रान्सफर समावेश छ जसबाट हुवावेको एक फोनबाट अर्कोमा फाइल साटासाट गर्न सकिने छ।

फोन लन्च कार्यक्रममा बोल्दै हुवावेको नेपालका लागि ‘कन्ट्री हेड’ जोएसले विगत १८ वर्षदेखि नेपाली उपभोक्तामाझ निरन्तर रहेको कम्पनी भन्दै हाल रहेको करिब १५ प्रतिशत बजार हिस्सालाई विस्तार गर्दै लैजाने उद्धेश्य रहेको बताए।

त्यस्तै उनले सो फोनको खरिदमा सेल्फी स्टिक निशूल्करुपमा प्राप्त गर्न सकिने जानकारी दिए। ग्रे र गोल्ड कलरमा उपलब्ध यस फोनको मूल्य २४ हजार ९ सय निर्धारण गरिएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.