एनसेलका ५० प्रतिशत ग्राहक स्मार्टफोन प्रयोगकर्ता


निजी क्षेत्रको दूरसंचार सेवा पद्रायका एनसेलका ग्राहकमध्ये ५० प्रतिशत स्मार्टफोन प्रायोगकर्ता रहेको पाइएको छ। एनसेलको प्यारेन्ट कम्पनी मलेसियन आजियाटाले सार्वजनिक गरेको २०१७ को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार एनसेलका ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेका उल्लेख गरेको छ।

उक्त प्रतिवेदन अनुसार, २०१६ को अन्तिम त्रैमासको तुलनामा २०१७ को पहिलो त्रैमासमा स्मार्टफोन प्रगोगकताहरुमा ७ प्रतिशतले वृद्घि भएको हो । नियमक निकाय नेपाल दूरसञ्चार प्रधिकरणको पछिल्लो विवरण अनुसार, एनसेलका ६७ लाख ३९ हजार ग्राहकले मोबाइलबाट इन्टरनेट चलाउछन्।

मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँचका लागि स्मार्टफोन सबभन्दा सरल र सुलभ डिभाइस हो । प्रधिकरणका अनुसार डाटा सेवाको मुल्यमा गिरावट, मागमा वृृद्घि, स्मार्टफोनहरुको मुल्य पनि गिरावट आएका कारण स्मार्टफोन बोक्ने ग्राहकहरु उल्लेख्यरुपमा वृद्घि हुदै आएको छन् । नेपाली बजारमा प्रत्येक दिन जस्तो विभिन्न ब्राण्डका नयाँ मोडलका मोबाइलहरु वा नयाँ ब्राण्ड आउने गरेका छन् ।

नेपाल टेलिकमका ५० प्रतिशत ग्राहकले पनि स्मार्टफोन प्रगोग गर्ने गरेको आकलन गर्ने हो भने नेपालमा अहिले ७५ लाख जति ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको अनुमान गर्न सकिन्छ । प्राधिकरणको विवरण अनुसार, टेलिकमले हाल विभिन्न प्रकारका डाटा सेवा अन्तर्गत ८२ लाख ग्राहकलाई यो सेवा प्रदान गर्दै आएको छ । थ्रिजी सेवा र नयाँ सेवा फोरजीको विस्तारसँगै स्मार्टफोन प्रगोगकर्ताहरुमा थप बढ्ने अनुमान गरिएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक एनसेलले डिजीटल नेपाल निर्माणमा योगदान पुर्याउन इन्टरनेट पुर्वाधारमा ३० अर्ब लगानी थप्दै सन् २०१८ भित्रमा दुर्गम र ग्रामिण क्षेत्र लक्षित गर्दै थ्रिजी सेवा देशको कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउने बताएको छ । त्यसैगरी कम्पनीले २०१७ भित्रमा फोरजी सेवा १५ प्रतिशत जनसंख्यामा पुर्याउने सार्वजनिक गरेको छ र देशका विभिन्न ४० सहरहरुमा यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण लगायतका कामहरु भईरहेको जनाएको छ ।

सरकारी नेपाल टेलिकमले पनि फोरजी सेवा देशव्यापी बनाउने बताउदै आएको छ । टेलिकमले एनसेलको तुलनामा ६ महिना अधि नै फोरजी सेवा संचालनमा ल्याएको हो । यद्यपी उसले सार्वजनिक खरिद ऐन पालना गर्नु लगायकका कारणहरुले गर्दा आशातित रुपमा सेवाको विस्तार गर्न नसकेको बताउदै आएको छ । हाल टेलिकमले काठमाण्डौ उपत्यका र पोखरामा फोरजी सेवा प्रदान गर्दै आएको छ ।

एनसेलले काठमाण्डौं उपत्यका लगायत बनेपा, धुलिखेल, नगरकोट, पोखरा र दमौलीमा फोरजी सेवा प्रदान गर्दै आएको छ भने जनसंख्याको हिसाबमा १०.३ प्रतिशतमा यो सेवाको पहुँच पुर्याएको बताएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.