अनलाइन मेगा स्टोरको ‘स्मार्टडोको’, अर्डर गरेको सामान घरमै आउने


अनलाईन मेगा स्टोरले ‘स्मार्ट डोको’ नामको एक नेपाली ई कमर्स पोर्टल ल्याएको छ। स्मार्टडोकोले निश्चित सामानको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।

सुरुआतको अवसरमा ग्राहकहरुलाई सहुलियत दिइएको अनलाइन मेगा स्टोरले जनाएको छ। जुनसुकै सामानहरुको खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ। छुट पाउनको लागि चेक आउट गर्ने क्रममा कुपनकोड स्मार्टडोको प्रयोग गर्नु पर्ने छ। यो योजना १४ जुलाई देखि २० जुलाईसम्म रहने कम्पनीले जनाएको छ।

स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समूह (प्रोडक्ट क्याटगोरी) रहेका छन्। त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन्।

मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थका ४५ सय सामानहरु पाइने स्मार्टडोकोका जनरल म्यानेजर सुविनमान प्रधानले जानकारी दिए।

उनले भने ‘स्मार्टडोकोले ५ सयदेखि २५ हजारसम्म गिफ्ट कार्ड पनि ल्याएको छ, स्मार्टडोकोमा एक क्लिकका भरमा किनिएको सामान सहजै रुपमा ग्राहकको घरको ढोकासम्म ल्यादिइने सुविधा छ।’

वेभसाइटमा सामानहरु दाँजेर हेर्न सकिने सुविधाका साथै यसका अतिरिक्त कुनै पनि सामान खरिद गरेमा विभिन्न रिवार्ड प्वाइन्ट उपलब्ध गराइने स्मार्टडोकोका प्रधानले जानकारी दिए।

त्यस्तो रिवार्ड प्वाइन्टले स्मार्टडोकोमा रहेका अन्य सामानहरु किन्न सकिने र सामानको भूक्तान डेलिभरी भएको अवस्थामा (क्यास अन डेलिभरि) गर्न पनि सकिने प्रधानले बताए। ‘काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, इटहरी, धरान र बीरगन्जमा डेलिभरी सुविधा दिएका छौँ’ उनले भने।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.