केएल टावरको मेलामा पुरानो मोबाइलसँग नयाँ साट्न पाइने


चाबहिलको केएल टावरमा संचालन भइरहेको मोबाइल हबमा एक्सचेन्ज मेला सुरु भएको छ। मोबाइल हब सँचालनमा आएको अवसर पार्दै एक्सचेन्ज मेला पनि सुरु गरिएको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए।

पुराना मोबाइलको राम्रो भ्यालु पाइनुका साथै नयाँ मोबाइल खरिद गर्न चाहनेहरुका लागि गिफ्ट ह्याम्पर लगायत हात खाली नजाने उपहारको ब्यबस्था गरिएको उनको भनाई छ।

मोबाइल साट्नका लागि ग्राहकहरुले आफ्नो परिचय पत्रको फोटोकपी पनि साथमै ल्याउनुपर्नेछ। ब्राण्डेड मोबाइलको कारोबार र मल्टिब्राण्ड मोबाइल सोरुमको रुपमा कारोबार सुरु गरेको मोबाइल हबले नेपालमै नम्बर १ बन्ने लक्ष लिएको प्रबन्ध निर्देशक ग्लाइडरले बताए ।

मोबाइल हबमा बिश्वबजारमा पाइने २३ भन्दा बढी कम्पनीका मोबाइलको कारोबार भइरहेको छ। १ हजार रुपैयाँ पर्ने मोबाइलको खरिदमा ५ हजार भन्दा बढीको उपहार पाइने ब्यबस्था रहेको मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिए।

लक्की ड्र मार्फत मलेशिया र सिंगापुरको भ्रमण गर्न पाइने तथा हरेक मोबाइलको खरिदमा दुई वटा फिल्मको टिकट र क्लब डेजाभुको २ जनालाई प्रबेश टिकट उपलब्ध गराउने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.