एपमार्फत अंक जम्मा गरेर किनमेलमा छुट पाइने


तपाई फेसबुक चलाउनुहुन्छ र तपाईसँग एन्ड्रोइड फोन छ भने प्ले स्टोरमा गएर ‘छिटो’ नामक एप डाउनलोड गर्नुहोस्।

यसबाट तपाईले रेष्टुरेन्टदेखि क्लोथिङ स्टोरसम्ममा विशेष छुट प्राप्त गर्न सक्नु हुनेछ।

तपाईले फेसुबकमा गर्ने स्टाटस वा सेल्फी पोष्ट गरेवापत वा चेक¬इन गर्दा पनि एपले विशेष अंक प्रदान गर्छ। जसमार्फत तपाईले एपको साझेदार स्टोरहरुमा किनमेल गर्दा विशेष छुट पाउनुहुने छ।

सो एप प्रयोगमार्फत अंक प्राप्त गरेर ग्राहकले मूल्य छुट पाउन सक्ने र स्टोरहरुले अझ बढी ग्राहक पाउने भएकाले दुबैलाई फाइदा दिने एप निर्माताको भनाई रहेको छ।

५ एमबी साइजमा रहेको यस एप गुगल प्लेस्टोरमा अंग्रेजीमा Chitooo नाममा उपलब्ध छ। यो सेवा काठमाडौं उपत्यकामा मात्रै रहेको निर्माताहरुले बताएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.