लाभाको नयाँ फोन ‘ए९३’ सार्वजनिक


मोबाइल उत्पादक कम्पनी लाभाले ‘ए९३’ मोडलको नयाँ बजेट फोन सार्वजनिक गरेको छ। लाभाले लन्च गरेको यस फोन एन्ड्रोइड ६.० भर्सनसहित ५.५ इन्च एचडी स्क्रिनमा उपलब्ध छ।

२ जीबी र्याम तथा १६ जीबी इन्टरनल मेमोरी र १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर भएको यस फोनमा ८ मेगापिक्सेल रियरकासाथ २ मेगापिक्सेल सेल्फी क्यामेरा छ।

३००० एमएएच ब्याट्री क्षमता रहेको यो फोनको भारतीय बजारमा ७ हजार ९ सय ९९ रुपैंयाँ मूल्य निर्धारण गरिएको छ। यो मोडलको फोन नेपाली बजारमा भने आइसकेको छैन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.