क्लिनफिड नीति रद्ध नगरे सबै च्यानल बन्द गर्ने केवल व्यवसायीको चेतावनी


नेपाल सरकारले लागू गर्ने तयारीमा रहेको क्लिनफिड(विज्ञापनरहित विदेशी च्यान)को नीति असम्भव रहेको केवल टेलिभिज व्यवसायीहरुले बताएका छन्। नेपालको सन्दर्भमा यो नीति अव्यवाहरिक भएकमो भन्दै उनीहरुले यति जवरजस्ती लागू गर्न खोजिए विदेशी च्यानल नै बन्द गर्ने अवस्था आउने चेतावनी दिएका छन्।

नेपालका लागी अलग्गै फिड तयार गरी प्रशारण गर्न असम्भव भएको भन्दै भारतीय प्रशारक फोरमले नेपालको लागि क्लिन फिड उपलब्ध गराउने नसकिने जवाफ दिएइसकेकोले यो नीति लागू गरिए केवल व्यवसायसँगै विदेशी च्यानल पनि नेपालमा बन्द हुन उनीहरुले बताएका छन्।

यो नीति लगू भएमा नेपाली डिटिएच कम्पनी तथा केबल कम्पनीहरु बन्द पनि बन्द हुने र त्यसपछि नेपाली टेलिभिजन पनि बन्द हुन सक्ने उनीहरुले बताएका छन्। अहिलेसम्म यस्ता कम्पनीहरु विदेशी च्यानलसँगै नेपाली च्यान पनि पठाएका कारण आम्दानी गरिरहेको र विदेशी च्यान नआउनेवित्तिकै सबै सुक्ने उनीहरुको तर्क छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.