उपल्लो मुस्तादेखि ढोरपाटनसम्म नेपाल टेलिकमको थ्रीजी सेवा


नेपाल टेलिकमले धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्री जी बिटीएस स्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ।

सेवा संचालन भएका स्थानहरु मध्ये  यस अघि कुनै पनि सेवा नपुगेका स्थानहरु मुस्ताङको मुक्तिनाथ देखि लोमान्थाङ सम्मको सम्पूर्ण उपल्लो मुस्ताङ, म्याग्दीको गुर्जा र बाग्लुङको ढोरपाटन रहेका नेपाल टेलिकमले जानकारी दिएको छ।

टेलिकमले गएको दुई महिनाको अवधिमा धौलागिरी अञ्चलका सात नयाँ स्थानहरुमा १३ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २ वटा थ्रीजी बिटीएस म्याग्दीको तकाम, दाना र डुवा पर्वतको लेखफाट र शंकरपोखरीकोट साथै बाग्लुङको तमान र दुधिलाभाटी स्थापना गरेको जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.