धवलागिरिमा ‘स्मार्ट लाइसेन्स’ बाँड्न थालियो

धवलागिरिमा ‘स्मार्ट लाइसेन्स’ बाँड्न थालियो


धवलागिरि अञ्चलबाट विद्युतीय प्रणालीको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) बाँड्न थालिएको छ। टिकाउ, सुरक्षित र विश्वसनीय मानिने ‘स्मार्ट लाइसेन्स’ सुरुमा २० जनाले पाएका छन्। नयाँ लिने र नवीकरण गर्नेले समेत अब विद्युतीय प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्नेछन् ।

‘लाइसेन्स’ वितरणमा एक रुपता ल्याउन नयाँ प्रविधि अपनाइएको धवलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय बागलुङले जनाएको छ। ‘स्मार्ट लाइसेन्स’ विदेशमा समेत सहज रुपमा प्रयोग गर्न सकिने कार्यालय प्रमुख राजेन्द्रप्रसाद घिमिरेले बताए।

यातायात व्यवस्था विभागले बागमती अञ्चलपछि धवलागिरि र गण्डकी अञ्चलमा ‘स्मार्ट लाइसेन्स’ वितरण सुरु गरेको उनको भनाइ छ । सवारी चालकको सम्पूर्ण विवरण कम्प्युटरमार्फत भरेपछि विभागबाटै ‘स्मार्ट लाइसेन्स’ छापिएर आउने गरेको छ।

‘स्मार्ट लाईसेन्स’को अवधि १० वर्षको हुने र बनाउँदा ५०० राजस्व तिर्नुपर्ने व्यवस्था छ। पहिलो पटकको वितरण प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्था विभागबाट प्राविधिक टोली यहाँ खटिएका थिए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.