यस्तो छ बजारमा भित्रिएको ‘ओप्पो एफ थ्री प्लस’

यस्तो छ बजारमा भित्रिएको ‘ओप्पो एफ थ्री प्लस’


हालै ओप्पोले डुअल सेल्फी क्यामेरा सहितको नयाँ सेल्फी एक्स्पर्ट ‘एफथ्री प्लस’ नेपाली बजारमा ल्याएको छ। यो फोनको मूल्य ५४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ। ओप्पोकै कारण क्यामेरा फोनको साथमा गु्रप सेल्फीको नयाँ ट्रेन्ड सुरुवात भएको कम्पनीको दावी छ।
फ्रन्ट डुअल सेल्फी क्यामेराका कारण निकै चर्चा पाइरहेको यो फोनको विशेषता उत्कृष्ट क्यामेरामा मात्रै सिमित छैन। यसमा सम्मिलित नौला तथा अत्याधुनिक प्रविधिले यसलाई थप विशेष बनाइदिएको छ।
फोनको निर्माण गुणस्तर र उत्कृष्ट क्यामेराले उपभोक्ता तथा आलोचकको समेत तारिफ बटुल्न सफल भएको छ। आकर्षक स्टाइलिङ, प्रिमियम डिजाइन सहितको युवालक्षित यो फोन अहिले बजारमा निकै सफल भइरहेको कम्पनी बताउँछ। हरेक उत्पादनमा नवप्रबर्तन र उपभोक्ताको मागलाई विशेष चासो दिएर निर्मित फोन कम्पनीको सफलताको प्रमुख कारण हो।
ओप्पोले एफथ्री प्लसमा पनि क्यामेरा प्रविधि माथि विशेष ध्यान दिएको छ। यही कुरालाई दृष्टिगत गर्दै फोनमा रहेका क्यामेरा बारे यहाँ संक्षिप्तमा चर्चा गरिएको छ।
क्यामेरा
उत्कृष्ट गुणस्तरीय सेल्फी तथा गु्रप सेल्फीका लागि ओप्पो एफथ्री प्लसमा नवप्रबर्तनात्मक डुअल सेल्फी फ्रन्ट क्यामेरा उपलब्ध गरिएको छ। एफथ्री प्लसमा सेल्फीका लागि १६ मेगापिक्सेल क्षमता सहितको क्यामेरा छ।
ग्रुप सेल्फीका लागि १ सय २० डिग्री वाइड एङ्गल लेन्स उपलब्ध छ। कम्पनीले फोनको रियर क्यामेरामा सोनीसँगको सहकार्यमा विकास गरेको कस्टमाइज्ड आईएमएक्स ३९८ सेन्सर उपलब्ध गराएको छ।  ‘सिरियस’ फोटोग्राफी रुचाउने मानिसका लागि यो लक्षित रहेको कम्पनीले जानकारी दिएको छ।
एपर्चर
कम्पनीका अनुसार एफथ्री प्लस उत्कृष्ट कार्यक्षमता, आकर्षक, सुरक्षित, टिकाउ तथा उपभोक्ताको मागलाई विशेष ध्यानमा राखी विकसित स्मार्टफोन हो। फोनमा कम्पनीले १÷३ ईन्च सेन्सर उपलब्ध गराएको छ। यसले तस्विर खिच्दा पर्याप्त प्रकाशको ब्यवस्था गर्दै उत्कृष्ट फोटो खिच्न सघाउँछ।
फोनमा रहेको क्यामेरामा उत्कृष्ट डेप्थ अफ फिल्ड इफेक्टका लागि एफ÷२.० एपर्चर उपलब्ध गरिएको छ । यसले विषयलाई फोकसमा पारी पृष्ठभूमीलाई आवश्यक मात्रामा धमिलो बनाउने गर्छ।
ग्रुप सेल्फीका लागि १२० डिग्री वाइड एङ्गल क्यामेरा
ग्रुप सेल्फीका लागि एफथ्री प्लसमा ८ मेगा पिक्सेल क्षमताको १ सय २० डिग्री वाइड एङ्गल सहितको विशेष क्यामेरा उपलब्ध गरिएको छ। कम्पनीका अनुुसार यो क्यामेराले साधारण ८० डिग्री लेन्स फिल्ड अफ भ्यू भएका क्यामेराका तुलनामा १ सय ५ प्रतिशत बढी क्षेत्र समेट्न सक्छ। यसले गर्दा तस्विरमा धेरै मानिस सजिलै समेटिन सकिन्छ। फोनमा उपलब्ध गरिएको ६ पी लेन्सले यी तस्विर अझ उत्कृष्ट बनाउन सघाउ पु¥याउँछ।
फोनमा ब्यूल्ट इन स्मार्ट फेसियल रेकग्निसन फिचरपनि उपलब्ध गरिएको छ। यसले प्रयोगकर्तालाई तीन भन्दा बढी मानिस फ्रेममा देखिँदा गु्रप सेल्फी मोडको प्रयोग गर्न सुझाउँछ।
एफ-१.७ एपर्चर सहितको रियर क्यामेरा 
कम्पनीले आफ्नो अवधारणा अनुरुप एफथ्री प्लसमा पनि  फ्रन्ट क्यामेरालाई विशेष महत्वका साथ प्रस्तुत गरेको छ। तर, फोनमा रहेको रियर क्यामेरा पनि उत्तिकै उत्कृष्ट  छ। १६ मेगापिक्सेल क्षमता सहितको यो क्यामेराले तिब्र गतिमा फोकस गर्नुका साथै न्वाइज रिडक्शन गर्दै कम प्रकाशमा समेत उत्कृष्ट प्रदर्शनी दिन्छ।
यो क्यामेरामा डुअल पीडीएएफ प्रविधि उपलब्ध गरिएको छ। एफ/१.७ एपर्चर सहितको यो क्यामेराले कम प्रकाश भएका स्थानमा समेत गुणस्तरिय तस्विर खिच्न सघाउँछ।
फोनका प्रमुख विशेषता
स्क्रिन साइज : ६ ईन्च
फ्रण्ट क्यामेरा : १/३ ईन्च सेन्सर सहित १६ मेगापिक्सेल र १/४ ईन्च सेन्सर र १ सय २० डिग्री वाइड एङ्गल सहितको ८ मेगापिक्सेल
रियर क्यामेरा: १/२.८ ईन्च आईएमएक्स ३९८ सेन्सर, एफ÷१.७, डुअल पीडीएएफ सहितको १६ मेगापिक्सेल
टच एक्सेस : ०.२ सेकेण्ड सलिड फिङ्गर प्रिण्ट रिकग्निशन + फिङ्गर प्रिण्ट एक्टिभेटेड कलिङ तथा एप लञ्च
र्याम : ४ जीबी
रोम : ६४ जीबी (माइक्रो एसडी कार्ड मार्फत २ सय ५६ जीबी सम्म बढाउन सकिने)
ब्याट्री : ४ हजार एमएएच ली–पो ब्याट्री, भीओओसी फ्ल्यास चार्जिङ
प्रोशेसर : क्वालकम एमएसएम८९७६ प्रो
फ्ल्यास : फ्ल्यास
सिम कार्ड :  डुअल नानो सिम (फोर जी सपोर्टेड)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.