सामसङ नेपालले ए सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन, ग्यालेक्सी ए–५७ फाइभजी र ग्यालेक्सी ए–३७ फाइभजी नेपाली बजारमा भित्र्याएको छ।
परिष्कृत बनावट, सुधारिएको क्यामरा र स्मार्ट सुविधाहरू सहित सार्वजनिक गरिएका यी फोनहरूले प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई थप सहज बनाउने कम्पनीको विश्वास छ।
यस पटक सामसङले ग्राहकको सुविधालाई ध्यानमा राख्दै किस्ताबन्दीको समयावधि पनि थप गरेको छ। हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ मार्फत अब ग्राहकले २४ महिनासम्मको किस्ताबन्दीमा फोन खरिद गर्न सक्नेछन्।
यो सेवा लिनका लागि ग्राहकले केवल आफ्नो नागरिकता पेस गरे पुग्नेछ।नयाँ ग्यालेक्सी ए सिरिजमा आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित ‘अद्भुत बौद्धिकता’ प्रणाली समावेश गरिएको छ।
यसले आवाजलाई लेखोटमा बदल्ने, स्क्रिनका सामग्रीहरू छिटो चयन गर्ने र विभिन्न एपहरूबीच सहजै कार्य गर्ने सुविधा प्रदान गर्दछ। तस्बिर सम्पादनका लागि यसमा वस्तु हटाउने, विभिन्न फिल्टर र सम्पादन सुझावका सुविधाहरू उपलब्ध छन् भने ए–५७ मोडलमा अनुहार छनोट र भिडियो स्वतः मिलाउने जस्ता विशेष सुविधाहरू पनि थपिएका छन्।
यी दुवै फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरासहित तीनवटा क्यामरा जडान गरिएको छ, जसले कम पाँच हजार मिलिअम्पियर आवर क्षमताको ब्याट्री रहेको यी उपकरणहरू एक पटकको पूर्ण चार्जमा दुई दिनसम्म प्रयोग गर्न सकिने दाबी कम्पनीले गरेको छ। ए–५७ मा भने छिटो चार्ज हुने सुविधा समेत उपलब्ध छ।
सुरक्षा र टिकाउपनका लागि पानी र धुलो प्रतिरोधक बनाइएका यी स्मार्टफोनहरूमा ६ पुस्तासम्मको प्रणाली अद्यावधिक र ६ वर्षसम्मको सुरक्षा अद्यावधिक दिने प्रतिबद्धता सामसङले जनाएको छ।
बजार मूल्यको हकमा, ग्यालेक्सी ए–५७ को १२/२५६ जिबी संस्करणलाई ८९ हजार ९९९ रुपैयाँ र ८/२५६ जिबी संस्करणलाई ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, ग्यालेक्सी ए–३७ को १२/२५६ जिबीलाई ७९ हजार ९९९ रुपैयाँ, ८/२५६ जिबीलाई ७२ हजार ९९९ रुपैयाँ र ८/१२८ जिबी संस्करणलाई ६४ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ।