'अनर एक्स८बी' नेपाली बजारमा सार्वजनिक भएको छ।
फेब्रुअरी २८ मा प्रि–बुकिङ सकिएसँगै अब यो फोन नेपालभर खरिदका लागि उपलब्ध रहेको नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले जानकारी दिएको छ।
५१२ जिबी मेमोरी भएको अनर एक्स८बीलाई 'कम्प्युटर लेभल स्टोरेज' भन्ने ट्यागलाइन दिइएको छ।
यसमा (१६+५१२) जिबी भेरियन्ट रहेको छ। १६ जिबीमा ८ जिबी आन्तरिक र ८ जिबी अनर र्याम टर्बो समावेश रहेको कम्पनीले बताएको छ।
यसको ५१२ जिबी कम्प्युटर–स्तर स्टोरेजले ग्राहकलाई स्टोरेजको समस्या हुने छैन।
यो फोनमा १०८ एमपी मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा समावेश छ।
१०८ एमपी मुख्य क्यामेरामा आइएसओ सेल एचएम६ मोबाइल छवी सेन्सर रहेको छ जसले ०.६४ युएम*०.६४युएमको पिक्सेल साइजको साथ मिलियन पिक्सेललाई समर्थन गर्छ। जसले प्रयोगकर्ताहरूलाई उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ।
अनर एक्स८बीमा ४५०० एमएएच ब्यट्री रहेको छ जसले फोनलाई लामो समयसम्म पावर प्रदान गर्न सक्छ।
एक पटकको चार्जमा नै यसले ४६ घण्टासम्म म्युजिक स्ट्रिमिङ, १३ घण्टा भिडियो प्लेब्याक, १४ घण्टा छोटो भिडियो क्लिप ब्राउजिङ र १७ घण्टा सामाजिक सञ्जाल ब्राउजिङ प्रदान गर्छ।
निरन्तर फोन प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि यो फोन उपयोगी हुने कम्पनीले बताएको छ।
सेलट्रोन नेपालले १६+५१२ जिबी भेरियन्ट रहेको अनर एक्स८बीको मूल्य २९ हजार ९९९ रूपैयाँ तोकेको छ।
यो फोन अफलाइन र अनलाइन प्लेटफर्महरूमार्फत् खरिद गर्न सकिनेछ। खरिदकर्ताहरूले अधिकृत रिटेल स्टोरहरूबाट किन्न सक्नेछन् भने अनलाइनमा भने दराज र हुकुटबाट पनि खरिद गर्न सक्नेछन्।