एनसेल प्राईभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको ‘रिचार्ज एण्ड विन’अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।
‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । दोस्रो हप्ताकाविजेताहरु मंगलबार (असोज २ गते) एपि वान टेलिभिजनमा प्रत्यक्षप्रशारण गरिएको लाईभ ड्र कार्यक्रममार्फत छानिएका हुन् ।
दोस्रो हप्ताका १० विजेता ग्राहकहरु मध्ये दुई जनाले असोज ४ गते (बिहिबार) जनहीनगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् । दोस्रो हप्ताका अन्य आठ विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भईरहेको एनसेलले जानकारी दिएको छ।
एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविनएम. युसुफले काठमाडौंमा आयोजित एक कार्यक्रममाझ दोस्रो हप्ताकादुई विजयीहरु नुवाकोटका कृष्णा कुमारी थापा र तनहुँकाअर्जुन परियारलाई बिहिबार जनही रु एक लाखनगद पुरस्कार प्रदान गरेका हुन् ।