वर्ल्डलिंक २३ भाग्यशाली ग्राहकलाई विदेश घुमाउने नयाँ अफर ल्याएको छ ।
'इन्टरनेट फरर, विदेश सरर' ग्राहक योजना उसले ल्याएको हो ।
वर्ल्डलिंक कम्युनिकेसन्सले चाडबाडलाई लक्षित गरी यो ल्याएको हो । यस योजनामा वर्ल्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसियाको भ्रमण गर्ने अवसर पाउनेछन् ।
वर्ल्डलिंक कम्युनिकेसन्सले २३ औं वर्ष पुरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको हो ।
यसै अवसरमा वर्ल्डलिंकले इन्टरनेट खरिद वा नविकरण गर्दा समेत भारी छुट पाउने छन् ।
नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एकवर्षको शुल्कभुक्तानी गरे ४० प्रतिशत छुटसमेत पाउने कम्पनीले जनाएको छ । यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निशुल्क सेट अपबक्ससहित १२ महिनानेटटिभी (आइपी टिभी) प्राप्तगर्नेछन् । कम्पनीका देशभर २लाख ४० हजार भन्दा बढी ग्राहकछन् ।