स्मार्ट टेलिकम कम्पनीले सिमकार्डको खरिदमा थप ४० रुपैयाँ प्रदान गरेको छ ।
९९ रुपैयाँमा सिम किन्ने ग्राहकले १० मिनेटको टक टाइम, १० एसएमएस, दुई सय एमबी डाटा, ५० रुपैयाँ मेन व्यालेन्स र ४० रुपैयाँ थप पाउने गरी मेन व्यालेन्स प्राप्त हुने कम्पनीले जनाएको छ।
रिब्रान्डिङ्गको साथ ‘इट्स फ्रिडम’ नयाँ योजना रुपैयाँ प्रस्तुत गरेको छ। योजनामा सिमकार्डको खरिदमा वा रिचार्जमा डाटा, भ्वाइस, एसएमएसका अतिरिक्त सुविधा प्राप्त गरिएको छ।
साथै २९ रुपैयाँमा ५ सय एमबी डाटा, ९० पैसा प्रतिमिनेट भ्वाइस, ५० पैसा एसएमएस (सरकारी कर बाहेक) एवं न्यूनतम शूल्कमा अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा योजनामा समावेश गरिएको छ ।
प्रयोगकर्ताको सुविधा एवं आवश्यकता बमोजिम ठूलो,सानो साइजमा डाटा प्याक उपलब्ध गरिएको कम्पनीको भनाइ छ।
स्मार्ट टेलिकम कम्पनी २००८ मा स्थापना भएको थियो।