एनसेलले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार प्रदान गरेको छ।
‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो। पहिलो हप्ताका विजेता मंगलबार एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत छानिएका हुन्।
१० भाग्यशाली विजेतामध्ये झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठले जनही नगद एक लाख पुरस्कार पाएका छन्। तीन विजेताले आफ्नो पुरस्कार अर्को हप्ता लिने बताएकाले कम्पनीले सोही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्नेछ। पहिलो हप्ताका थप पाँच विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिने एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज निर्देशक महेन्द्र कुमार भट्टचनले जानकारी दिए।
‘रिचार्ज एण्ड विन’ अफर भदौ १७ गतेबाट संचालनमा छ। यस योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउँछन्। यो योजना अन्र्तगत प्रत्येक विजयीले एक लाख नगद पुरस्कार पाउँछन्।
आइतबार देखि शनिबार सम्मको अबधिमा गरेको प्रत्येक १०० रुपैयाँ बराबरको रिचार्जका आधारमा ग्राहकले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन्। उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन्।
प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिनेछ। चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ।