इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले इन्टरनेटलाई सुरक्षित तथा क्षमतायुक्त बनाउन जुनिपर नेटवर्कसँग साझेदार गरेको छ। यस सम्झौताले विकाशोन्मुख देशमा ब्रोडब्यान्डको विस्तारमा मद्दत पुग्ने वर्ल्डलिंकले जनाएको छ।
साझेदारीपछि नेटवर्किङका परम्परागत अवरोध हटाई स्वचालित, मापनयुक्त र सुरक्षित नेटवर्क उपलव्ध गराउन मद्दत पुग्ने वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत समित जनाले बताए।
विस्तार हुँदै गएको ग्राहक सङ्ख्या इन्टरनेट ट्राफिकको चाप, ग्राहकको अपेक्षाअनुसार सेवा विस्तार गर्न वर्ल्डलिंकले जुनिपर नेटवर्किङलाई साझेदारका रूपमा चयन गरेको हो। यसले भविष्यमा दरिलो र सुरक्षित नेटवर्कको क्षमता विस्तार गर्न मेरूदण्डको काम गर्ने कम्पनीको भनाइ छ।
यसको साझेदारी पछि वल्र्डलिङ्कले आफ्नो नेटवर्क पूर्वाधारलाई उच्च क्षमतायुक्त १०० जिविइपिएस ईथरनेट नेटवक्र्समा रूपान्तरण गरेको छ। यसले भविष्यमा थपिने ग्राहकको वृद्धिलाई सजिलै धान्न सक्ने छ।